आइएमई पे बाट एनआईसी एसिया क्यापिटलको कारोबार भुक्तानी गर्न सकिने

डिम्याट खाता र मेरो शेयरसँग सम्बन्धित कारोबारलाई अझ सहज र आम जनमानसको पहुँचसम्म पु¥याउनको लागि एनआईसी एसिया क्यापिटल र आइएमई पेबिच सम्झौता सम्पन्न भयो । सम्झौता अनुसार डिम्याट खाता र मेरो शेयरको नवीकरण गर्न  एनआईसी एसिया क्यापिटलको सेवाका लागि आइएमई पे एप र आइएमई पेको देशभरि छरिएर रहेका ३५ हजारभन्दा बढी एजेन्ट मार्फत सजिलैसँग भुक्तानी गर्न सक्ने छन् ।
उक्त कार्यक्रममा बोल्दै एनआईसी एसिया क्यापिटलका प्रमुख कार्यकारी अधिकृत रामेन्द्र रायमाझीले आइएमई  पे,  एनआईसी एसिया क्यापिटलको भुक्तानी साझेदार भए पश्चात सेवाग्राहीहरूलाई डिम्याट खाता र मेरो शेयरसँग सम्बन्धित कारोबार गर्न सहज हुनुका साथै संस्थाको आक्रामक बजार विस्तारमा पनि सहयोग पुग्नेमा विश्वस्त भएको विचार व्यक्त गरे । त्यस्तै आईएमई  पेका बजार प्रमुख गुण श्रेष्ठले नेपाल सरकारको डिजिटल अभियान अनुरूप डिजिटल अभियानलाई अगाडि बढाउन प्रतिबद्ध रहेको र यो सम्झौता पश्चात  सेवाग्राहीहरूलाई डिम्याट खाता र मेरो शेयर नवीकरणसँग सम्बन्धित  कारोबारहरू थप सहज र सरल तरिकाले गर्ने सक्ने विचार  व्यक्त गर्नु भयो । आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित ‘आइएमई पे’ ले नयाँ एप प्रयोगकर्ताहरूलाई लक्षित गरी गृह प्रवेश अफर अन्तर्गत रूपै या १ सयमा रूपै या १ सय नै बोनस उपलब्ध गराउने योजना सार्वजनिक गरेको छ ।
Comment