च्याम्पियन अध्यक्ष हुँदा पनि विकास हुन नसकेको खेल

नेपालमा ब्याडमिन्टन यस्तो खेल हो, जुन खेलमा प्राय पूर्व राष्ट्रिय च्याम्पियनको प्रभाव रहेको छ । यसका बाबजुद हल समेत निर्माण नहुनु र सबै  रीक्रेशन ब्याडमिन्टन प्रेमीले नै निर्माण गरेको तथा यी सवैमा सङ्घको भूमिका नगण्य रहेको समेत आरोप लाग्दै आएको छ ।
बि.स २०५२ देखी ५६ सम्म पूर्व स्टार किशोर बहादुर सिंहको नेतृत्वमा रहेको ब्याडमिन्टन खेलमा बि.स २०५६ देखी ५८ सम्म महासचिव रहेका प्रकाश राणा पनि पूर्व ब्याडमिन्टन स्टार हुन् । यसै गरी, बि.स २०५९ देखि ६३ महासचिव नरेश सिंह  कुनै समय दोस्रो बरीयताका नेपाली खेलाडी थिए ।
बि.स २०५९ मा पूर्व राष्ट्रिय च्याम्पियन रामजी बहादुर श्रेष्ठ सह सचिव भएका हुन् । तीनै रामजी दुई पटक महासचिव र हाल अध्यक्ष छन् ।
पूर्व स्टारकै नेतृत्वमा सङ्घ रहनुका बाबजुद यस खेल भित्रका केही आफ्नै पिडा छन् । नेपालले एसियाली पारा ब्याडमिन्टनको नेतृत्व गर्ने अवसर पाएको छ । तर पनि सङ्घ नेतृत्वले चासो नलिएकै कारण प्रकाश अधिकारीले पारा ओलम्पिक खेल गुमाएको आरोप धेरै ब्याडमिन्टन निकटको छ ।नेपाल ब्याडमिन्टन सङ्घका अध्यक्ष राम जी बहादुर श्रेष्ठ पारा ब्याडमिन्टन एसियाका अध्यक्ष भए पनि चासो नदिएका कारण सुर्खेतका प्रकाशले वाइल्डकार्डको अवसर गुमाएको आरोप धेरै ब्याडमिन्टनकर्मीको छ ।
साथै प्रीन्स दाहाल युवा ब्याडमिन्टनमा संसारमै परिचित र सफल खेलाडी भए पनि उनलाई आवश्यक सम्मान दिन पनि सङ्घ चुकेको छ ।
Comment