आइएमई पेको अफर; नयाँ एप प्रयोगकर्तालाई गृह प्रवेश अन्तर्गत सयमा सय बोनस

आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित ‘आइएमई पे’ ल नयाँ एप प्रयोगकर्ताहरूलाई लक्षित गरी गृह प्रवेश अफर अन्तर्गत १ सय रुपैयाँमा  १ सय रुपैयाँ नै बोनस उपलब्ध गराउने योजना सार्वजनिक गरेको छ ।
यो स्किममा सहभागी बन्नका लागि आइएमई पे डाउनलोड गरी आफ्नो मोबाइल नम्बर दर्ता गर्नुपर्नेछ । प्रयोगकर्ताको व्यक्तिगत विवरण (केवासी) फारम भरी कुनै न कुनै माध्यबाट आइएमई पे वालेटमा  १ सय रुपैयाँ जम्मा गर्नुपर्नेछ । त्यसमा ग्राहकले १ सय नै बोनस रकम तत्काल प्राप्त गर्ने छन् ।
केवाइसी फारम भेरिफाइड हुनुपर्नेछ । यसरी ग्राहकको ‘आइएमई पे’ मा मौजाद हुन आउने रकमबाट मोबाइल रिचार्ज, घरायसी प्रयोगमा आउने सेवाहरू जस्तै पानी, बिजुली, इन्टरनेटको महसुल एवम् सरकारी दस्तुर, टिकट आदिको भुक्तान घरमै बसी आफ्नै मोबाइलबाट गर्नु सक्ने छन्। यसका अतिरिक्त जुनसुकै स्थलगत क्युआर कोड स्क्यान मार्फत भुक्तान गर्न पनि ग्राहकले सक्ने छन् । यी सबै सेवाका लागि ‘आइएमई पे’ डाउनलोड गर्न अनिवार्य हुन्छ ।
यो योजना अप्रिल २१ देखि मे २१  गरी १ (एक) महिनासम्म नयाँ प्रयोगकर्ताहरूका लागि मात्र कायम हुनेछ । स्किमलाई व्यवस्थित ढङ्गले सञ्चालन गरी आम सेवाग्राहीहरूको पहुँचसम्म पु¥याउन कम्पनीले निश्चित सेवा र सर्तहरू निर्धारण गरेको छ । त्यस सम्बन्धी सम्पूर्ण अधिकार कम्पनीमा नै निहित हुनेछ ।
आइएमई डिजिटल सोलुसन लिमिटेड
झन्डै ३५ हजार एजेन्ट आउट लेट सञ्जाल भएको ‘आइएमई पे’ आइएमई ग्रुप अन्तर्गतको डिजिटल वित्तीय सेवा प्रदायक उत्पादन हो । नेपाल राष्ट्र बैङ्कको भुक्तानी तथा फर्छ्यौट विनियमावली–२०७२ बमोजिम आइएमई डिजिटलले दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने अनुमति प्राप्त गरेको हो । यस्तो अनुमति पाउने आइएमई डिजिटल देशकै पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी हो ।
आइएमई डिजिटलले ‘ आईएमई पे ’ ब्रान्ड अन्तर्गत मोबाइल वालेट सेवा उपलब्ध गराउनेछ र यसको मद्दतबाट सेवाग्राही आफैले अथवा एजेन्टहरूको सहयोग लिएर मोबाइल मार्फत विभिन्न किसिमका भुक्तानी सम्बन्धी कार्य गर्न सक्नेछन्  । यसले व्यक्ति–व्यक्तिका बिचमा हुने सामान्य रकम ट्रान्सफर गर्ने सुविधादेखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरूमा क्यु आर  मार्फत भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने र विभिन्न घरायसी तथा कार्यालयका बिलहरू भुक्तानीमा सेवा प्रदान गर्दै आइरहेको छ ।  आइएमई डिजिटलले बैङ्कको सुविधाबाट वञ्चित तथा न्यून बैंकिङ्ग सुविधा प्राप्त नेपाली लगायत सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तीय सेवाहरूको पहुँच उपलब्ध गराएर नेपालको वित्तीय समावेशीकरणमा योगदान पु¥याउने लक्ष्य लिएको छ । मोबाइल वालेटमा ब्याज र क्यास ब्याकको पनि सुविधा उपलब्ध छ ।
विभिन्न प्रकारका बिल भुक्तानी एवम् जुनसुकै बैङ्कका खातामा रकम पठाउन मिल्ने आइएमई पे वालेटको अर्को  विशेषता हो ।
Comment