हाप्किडोमा अमिसालाई दुई स्वर्ण


नेपाल मार्शल आर्ट्स हाप्किडो एसोसिएसनको चौथो राष्ट्रिय च्याम्पियनसिपको फाइट तर्फको २५ किलो तौल समूहमा बाग्मतीका सुमन वयलकोटी पहिलो भए । सो स्पर्धामा बाग्मतीकै प्रेम गुरुङ दोस्रो तथा लुम्बिनीका रेसम गैह्रे र बाग्मतीका सञ्चित बयलकोटी तेस्रो भए ।
३० किलो तौल समूहमा बाग्मतीका दिनेश रोक्का पहिलो भए । सो स्पर्धामा २ नं प्रदेशका विवेक तामाङ दोस्रो तथा कर्णालीका मनीष सुनार र लुम्बिनीका बिराज नेपाली तेस्रो भए ।
३५ किलो तौल समूहमा बाग्मतीका मनीष दर्लामी पहिलो भए । सो स्पर्धामा बाग्मतीका विपत् सुनार दोस्रो तथा बाग्मतीका समीर नेपाली र लुम्बिनीका निश्चल खड्का तेस्रो भए ।
४० किलो तौल समूहमा लुम्बिनीका गोपाल विक पहिलो भए । सो स्पर्धामा बाग्मतीका सुजन बयलकोटी दोस्रो तथा बाग्मतीका उमेश गुरुङ र लुम्बिनीका कृष्ण नेपाली तेस्रो भए ।
४५ किलो तौल समूहमा बाग्मतीका सुरेन्द्र गुरुङ पहिलो भए । सो स्पर्धामा बाग्मतीका अमृत गुरुङ दोस्रो तथा बाग्मतीका बुद्धिमान गुरुङ  र लुम्बिनीका जीवन सुनार तेस्रो भए ।
५० किलो तौल समूहमा गण्डकीका राजकुमार परियार पहिलो भए । सो स्पर्धामा बाग्मतीका राजाराम गुरुङ दोस्रो तथा गण्डकीका सोयल खान र लुम्बिनीका पारस नेपाली तेस्रो भए ।
५५ किलो तौल समूहमा गण्डकीका मन्दिप विश्वकर्मा पहिलो भए । सो स्पर्धामा लुम्बिनीका महेश गुरुङ दोस्रो तथा बाग्मतीका सुदिप गुरुङ र कर्णालीका मुनाल रसाइली तेस्रो भए ।
६० किलो तौल समूहमा लुम्बिनीका गणेश केसी पहिलो भए । सो स्पर्धामा बाग्मतीका निमेष गुरुङ दोस्रो तथा २ नं प्रदेशका आशिष तामाङ  र लुम्बिनीका रोशन गुरुङ तेस्रो भए ।
६५ किलो तौल समूहमा लुम्बिनीका गुमान घर्ती मगर पहिलो भए । सो स्पर्धामा लुम्बिनीका प्रकाश बुढा दोस्रो तथा २ नं प्रदेशका अर्जुन तामाङ र लुम्बिनीका सञ्जीव विष्ट तेस्रो भए ।
खुल्ला तौल समूहमा लुम्बिनीका भूपेन्द्र बिसी पहिलो भए । सो स्पर्धामा लुम्बिनीका महेन्द्र बुढा दोस्रो तथा २ नं प्रदेशका किरण तामाङ तेस्रो भए ।
महिलाको २५ किलो तौल समूहमा बाग्मतीकी सम्झना गुरुङ पहिलो भइन् । सो स्पर्धामा २ नं प्रदेशकी ईश्वरी राई दोस्रो तथा २ नं प्रदेशकै सविना अधिकारी र बाग्मतीका सोनु गुरुङ तेस्रो भए ।
३० किलो तौल समूहमा २ नं प्रदेशकी सलिना मगर पहिलो भइन् । सो स्पर्धामा २ नं प्रदेशकै सुुजा राई दोस्रो तथा लुम्बिनीकी सञ्चिता केसी र बाग्मतीकी मनिता दर्नाल तेस्रो भए ।
३५ किलो तौल समूहमा लुम्बिनीकी करुणा नेपाली पहिलो भइन् । सो स्पर्धामा लुम्बिनीकै पूजा चौधरी दोस्रो तथा २ नं प्रदेशकी अन्जु तामाङ र २ नं प्रदेशकै अमिसा राई तेस्रो भए ।
४० किलो तौल समूहमा लुम्बिनीकी निशा बस्नेत पहिलो भइन् । सो स्पर्धामा लुम्बिनीकै आशा पुन मगर दोस्रो तथा लुम्बिनीकै दिभ्या पुन मगर र एक नं प्रदेशकी रेश्मा लामा तेस्रो भए ।
४५ किलो तौल समूहमा गण्डकीकी  कृती गिरि पहिलो भइन् । सो स्पर्धामा बाग्मतीकी सुस्मिता तामाङ दोस्रो तथा बाग्मतीकी रमा गुरुङ  र लुम्बिनीकी अस्मिता महरा तेस्रो भए ।
५० किलो तौल समूहमा गण्डकीकी अञ्जना परियार पहिलो भइन् । सो स्पर्धामा लुम्बिनीका बविता नेपाली दोस्रो तथा बाग्मतीकी रञ्जिता गुरुङ  र बाग्मतीकै मनिका सुनार तेस्रो भए ।
५५ किलो तौल समूहमा गण्डकीका मोनालिसा मल्ल पहिलो भइन । सो स्पर्धामा बाग्मतीकी मनलक्ष्मी गुरुङ दोस्रो तथा लुम्बिनीकी सिर्जना बुढा मगर र बाग्मतीकी सुमित्रा गुरुङ तेस्रो भए ।
६० किलो तौल समूहमा बाग्मतीकी अञ्जली तामाङ पहिलो भइन् । सो स्पर्धामा २ नं प्रदेशकी करुणा लामा दोस्रो तथा गण्डकीकी बिकिसा गुरुङ  र लुम्बिनीकी मनीषा भुसाल तेस्रो भए ।
६५ किलो तौल समूहमा लुम्बिनीकी गंगा घर्ती मगर पहिलो भइन् । सो स्पर्धामा लुम्बिनीकै नबिना श्रेष्ठ दोस्रो तथा २ नं प्रदेशकै अंकीता लामा र लुम्बिनीकी चाँदनी सेन ठकुरी तेस्रो भए ।
खुल्ला तौल समूहमा बाग्मतीकी विनीता भण्डारी पहिलो भइन् ।
डेमोस्ट्रेसनको टिम स्पर्धामा २ नं प्रदेश पहिलो भयो । टोलीमा अन्जु तामाङ, विवेक तामाङ, रेणुका तामाङ, एलीना श्रेष्ठ, सुषमा माझी, आयुष तामाङ, सलिना मगर, अमिसा राई, रोमन तामाङ, राजीव तामाङ, तिलक राई, र नीराजन राई समावेश थिए ।
बाग्मतीको टोली उप विजयी भयो । उप विजयी टोलीमा दिनेश पुन, सुरेन्द्र गुरुङ,यमराज गुरुङ, राजाराम गुरुङ, बुद्धिमान गुरुङ, विवेक गुरुङ, दिनेश रोक्का र सुमन वयलकोटी समावेश थिए ।
गण्डकीको टोली तेस्रो भयो । टोलीमा कृती गिरि, राजकुमार परियार, मन्दिप विक, सोयल खान, सुसान विक, मोनालिसा मल्ल, अञ्जना परियार र बिकिसा गुरुङ समावेश थिए ।
लङ फलमा महिला तर्फ २ नं प्रदेशकी अमिसा राई पहिले र सोही प्रदेशकी एलिना मगर दोस्रो र सन्ध्या मुढ भरी तेस्रो भए ।
पुरुष तर्फ १६ वर्ष मुनीको स्पर्धामा लुम्बिनीका मुनाल रसाइली पहिलो तथा २ नं प्रदेशका आयुष तामाङ दोस्रो र १ नं प्रदेशका टोक बहादुर तामाङ तेस्रो भएको ब्ल्याक बेल्ट कमिटीका अध्यक्ष भुवन बुढा मगरले जानकारी दिए ।  ।

Comment