नेदरल्यान्डसंग नेपालको हार


नेपालले दिएको २ सय ७ रनको लक्ष्य पछ्याउँदै पाहुना टोली नेदरल्यान्ड्स राजधानीमा जारी त्रिकोणात्मक शृखंलाको फाइनल नजिक पुगेको छ ।

कीर्तिपुर स्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सम्पन्न खेलमा नेदरल्यान्ड्सले नेपालले निर्धारित २० ओभरको समाप्तिमा ६ विकेट गुमाएर दिएको २ सय ७ रनको लक्ष्य तीन बल बाँकी छँदा भेटाउँदै शृखंलाको फाइनल नजिक पुगेको हो । पहिलो खेल नेपालसँग पराजित भएको नेदरल्यान्ड्सले तीन खेलबाट दुई खेलमा जित निकाल्दै फाइनल यात्रालाई बलियो सम्भावना बनाएको हो ।

नेपालले प्रस्तुत गरेको लक्ष्य पछ्याउने क्रममा नेदरल्यान्ड्सका बास डि लिडेको अविजित ८१ रनको व्यक्तिगत स्कोर महत्वपूर्ण रहयो । मध्यक्रममा ब्याटिङमा आएको लिडेले ४२ बलमा ७ चौका र ५ छक्का प्रहार गर्दै नेदरल्यान्ड्सलाई जित दिलाउन सफल भएका हुन ।

मलेशियाविरुद्धको खेलमा सतकीय पारी खेलेका म्याक्स ओ डोड ९ रनमा पवेलियन फर्किदाँ बेन कुपरले ५५ रनको अर्धसतकीय इनिङ खेले । टोविस भिसे १५ रनमा आउट हुँदा कप्तान पिटर सिलारले १५ बलमा ३१ रनको व्यक्तिगत स्कोर बनाए । नेदरल्यान्ड्सको ७ विकेट निकाल्दा नेपालका लागि सन्दिप लामिछानेले सर्वाधिक ४ विकेट लिए भने करण केसी, अविनाश बोहोरा र कुशल मल्लको नाममा एक÷एक विकेट रह्यो ।

यस अघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले पुरै २० ओभर खेलेर २ सय ६ रन जोडेको थियो । अघिल्ला दुई खेलमा अर्धसतकीय इनिङ खेलेका कुशल भुर्तेलले तेस्रो खेलमा पनि अर्धसतकीय इनिङलाई निरन्तरता दिए । ४६ बलको सामना गरेको कुशलले ८ चौका र १ छक्का प्रहार गर्दै व्यक्तिगत ६२ रनको योगदान गरेका थिए ।

अर्का ओपनर आशिफ शेख भने शून्यमा पवेलियन फर्किए । त्यसपछि ब्याटिङमा आएका ज्ञानेन्द्र मल्ले २० रन जोड्दा उपकप्तान दिपेन्द्र सिंह ऐरीले ६० रनको पारी खेल्दै नेपालको इनिङलाई सम्हालेका थिए । कुशल मल्ल १८ रन जोड्ने क्रममा बाउन्ड्री लाइनमा क्याच हुँदा सोमपाल कामी २१ रनमा अविजित रहेका थिए ।

नेपालको ६ विकेट निकाल्न नेदरल्यान्ड्का पिटर सिलार र विविअन किङ्गमाले समान २÷२ विकेट लिए । त्यस्तै बास डे लीड, आर्यन दत्तले १÷१ विकेट आफ्नो नाममा लेखाए । शृखंलामा बुधबार नेदरल्यान्ड्स र मलेशियाबीच दोस्रो खेल हुनेछ ।

Comment