बाग्मतीमा काठमाडौँ च्याम्पियन

राष्ट्रिय मेयर कप तेक्वान्दो प्रतियोगिताका लागि भएको बाग्मती प्रदेश छनोटमा काठमाडौँ जिल्लाले १५ स्वर्ण,५ रजत तथा ५ काश्य पदक सहित पहिलो स्थान हात पारेको छ । गौरव रजक प्रशिक्षक तथा मनोज शाह मेनेजर रहेको टोलीका साजन सिलवाल ४६ केजी,अभिषेक डल्ला कोटी ५०,शिव श्रेष्ठ ५८,अरुण देवकोटा ६३ र रोजीत शाह ६८ केजी तौल समूहमा पहिलो भए ।
यसै गरी,४० मा पुनम सिंह खत्री,४३ मा दिया रजक र ६० केजीमा सुस्मिता मोक्तान पहिलो भए ।
१४देखि १८ वर्ष उमेर समूहको एकल पुम्सेमा आयुष ढुङ्गेल मोनीका रम्तेल पहिलो भए । टिम पुम्सेमा मोनीका रम्तेल,मोनीका मगर र स्मृति नेपाली सम्मिलित टोली पहिलो भयो । सिनीयर एकल पुम्सेमा पुष्प प्रसाद गौतम तथा रञ्जिला रोक्काले स्वर्ण जिते । यी दुइले युगल पुम्सेमा पनि स्वर्ण जिते । सामूहिक पुम्सेमा पनि काठमाडौँ पहिलो भयो ।
४३ केजीमा स्वीकार रजक४६ मा सुप्रीमा बजगाँइ,५३ मा अञ्जली तामाङ र ६३ मा आरती मगरले रजत जिते । युगल पुम्सेमा हिमला अधिकारी र योग्य राईले रजत पदक जिते । ५८ मा सिजन श्रेष्ठ,७४ मा नारायण बोगटी तथा ५७ मा स्यारोन गुरुङले काश्य पदक जिते ।
Comment