आयोजक दक्षिण ढोका च्याम्पियन

आयोजक दक्षिण ढोका डोजो दक्षिण ढोका ओपन कराँते च्याम्पियनसिपमा पहिलो भएको छ । शनिवार सम्पन्न दुई दिने प्रतियोगितामा पहिलो भएको छ । उपाधि जित्ने क्रममा दक्षिण ढोकाले सात स्वर्ण, पाँच रजत तथा १२ काश्य पदक हात पारेको हो । यसै गरी मानसिंह डोजो सात स्वर्ण, चार रजत तथा दुई काश्य सहित दोस्रो भयो । एभरेस्ट मार्सल आर्ट सेन्टर ५ स्वर्ण, ५ रजत तथा ९ कास्य सहित तेस्रो भएको आयोजक कमिटीका प्रमुख सानुबाबु गिरिले जानकारी गराए  ।
प्रतियोगिताका विजयी टोली तथा खेलाडीलाई प्रमुख अतिथि युवा तथा खेलकुद मन्त्री दावा तामाङ, विशेष अतिथि नेपाल गोजुरियो कराँते सङ्घका महासचिव बि आर मित्र र विशिष्ट अतिथि जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख कृष्णगोपाल तामाङ लगायतले पुरस्कार प्रदान गरे ।
विजेताले १५ हजार,दोस्रो हुनेले १० हजार तथा तेस्रो हुने टोलीले ५ हजार रुपैयाँ पुरस्कार पाए ।
Comment