दक्षिण ढोका ओपन कराँते सुरु

नेपाल गोजुरियो कराँते सङ्घ शाखा डोजो दक्षिण ढोकाको आयोजनामा दक्षिण ढोका ओपन कराँते च्याम्पियनसिप शुक्रवार सुरु भयो । प्रतियोगितामा पहिलो हुने टोलीले १५ हजार, दोस्रो हुनेले १० हजार तथा तेस्रो हुनेले ५ हजार रुपैयाँ पुरस्कार पाउने छन् ।


प्रतियोगिता संयोजक सानुबाबु गिरिले प्रतिभाशाली खेलाडी उत्पादनमा यो प्रतियोगिता उपयोगी साबित हुने विश्वास व्यक्त गरे । नेपाल गोजुरियो कराँते सङ्घको प्राविधिक सहयोग रहेको प्रतियोगिता गोकर्णेश्वर माकलवारिको गोकर्णेश्वर लाइट एकेडेमीको स्कुलको प्राङ्गणमा भइरहेको छ ।


प्रतियोगिताको प्रमुख अतिथि गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालीसेले उद्घाटन गरे । उद्घाटन समारोहमा नेपाल गोजुरियो कराँते सङ्घका महासचिव बिआर मित्रा विशेष अतिथि थिए । वडा नै ४ का अध्यक्ष श्रीकुमार श्रेष्ठ, दक्षिण ढोका युवा उत्थान क्लबका अध्यक्ष राजेश जिम्बा नगरपालिका खेलकुद शाखाका प्रतिनिधि राजन मान श्रेष्ठ तथा निर्माण व्यवसायी दिनेश गिरिको उपस्थिति थियो ।

Comment