रमेश र अशोकको विजयी सुरुवात


इटहरीका रमेश लामिछाने र अशोक राईको जोडीले प्रदेश नं. १ स्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगितामा पुरुष युगल खुल्ला तर्फ विजयी सुरुवात गरेका छन् । लामिछाने र राईको जोडीले बेलबारीका दवल गुरुङ र हेम गुरुङको जोडीलाई २१–१९, २१–१३ ले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेका छन् ।
झुम्का ब्याडमिन्टन क्लबको आयोजनामा भएको प्रतियोगिताको अर्को स्पर्धामा इटहरी ब्याडमिन्टन क्लबकै पूर्ण बुढा र सविन खनालको जोडीले जित हात पा¥यो । उक्त जोडीले सुनसरीका थमन गुरुङ र सुरेश लिम्बुको जोडीलाई २१ – १८, २० – २२, २१ – १७ ले पराजित गरे । यस्तै गरी बेलबारीका दिनेश पन्त र मुहाङ्ग राईको जोडीले इटहरीका नरेन्द्र गुरुङ र प्रज्वल राईको जोडीलाई २१ – १६, २१ – १७ ले पराजित गरे । दोस्रो चरण प्रवेश गर्ने क्रममा ओखलढुङ्गाका एजुकेल र मनिष राई तथा ईटकरीका सुसन राई र राम योञ्जनको जोडी आफ्ना प्रतिद्वन्द्व वाक ओभर प्राप्त गर्दै दोस्रो चरण प्रवेश गरे ।
राम धुनी नागरपालिका, झुम्का, सुनसरीमा आयोजना भएको भेट्रान्स ४५ वर्ष माथिको स्पर्धामा विराटनगरका किरण सिंह बस्नेत र डिल्लीराम डाँगीको जोडी जित निकाल्दै दोस्रो चरण प्रवेश गरे । किरण र डिल्लीको जोडीले उदयपुरका बालकृष्ण कार्की र ईश्वरी पन्तको २१ – ११, २१ – १६ ले पराजित गरे । यस्तै जित निकाल्ने क्रममा ताप्लेजुङका गनेन्द्र लिम्बु र मदन लिम्बुको जोडीले विराटनगरका राजेश चौधरी र सुदीप पोखरेलको जोडीलाई २१। – १२, २१ – ११ ले पराजित गरे । विराटनगरका राज कुमार पौडेल र किरण ताम्राकारको जोडी, झुम्काका काजी कार्की र बुद्धिमान लिम्बु तथा धरानका नगेन्द्र राई र राजकुमार राईको जोडी विपक्षीबाट वाक ओभर पाई दोस्रो चरण प्रवेश गरे ।
करिब १२ लाखको लागत रहेको प्रतिस्पर्धामा पुरुष युगल तर्फका शीर्ष तीन विजेताले नगद ३० हजार, २० हजार र १० हजार सहित मेडल र ट्रफी प्राप्त गर्नेछन् । यस्तै यु १७ र खुल्ला गल्र्स एकल तर्फका शीर्ष तीनले १० हजार, ७ हजार र ३ हजार , भेट्रान्स तर्फका शीर्ष तीनले १५ हजार, १० हजार र ७ हजार तथा आन्तरिक बिचका शीर्ष तीनले १५ हजार, १० हजार र ५ हजार सहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गर्ने प्रतियोगिता संयोजक पुष्प दाहालले जानकारी गराएका छन् ।

Comment