रत्नजित र विकास उपाधि भिडन्तमा

1 (2)edited
त्रिभुवन आर्मी क्लबका रत्नजीत तामाङ्ग एपीएफका साजनकृष्ण ताम्राकारलाई २१–९ र २१–१५ ले हराउदै ‘एघारौं राष्ट्रव्यापी कृष्णमोहन स्मृति खुल्ला ब्याडमिन्टन प्रतियोगिता –२०७१’ को फाइनलमा प्रबेश गरेका छन् । अर्को सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबकै विकास श्रेष्ठले सोही क्लबका दिपेश धामीलाई १६–२१, २१–१७ र २४–२२ ले पराजित गरे ।
यसैगरी महिला एकलतर्फको सेमिफाइनल खेलमा त्रिभुवन आर्मी क्लबका नङशलदेवी तामाङ्गले सोही क्लबका अमिता गिरीलाई २१–१६ र २१–९ ले तथा त्रिभुवन आर्मी क्लबकै सरादेवी तामाङ्गले एपीएफका शिक्षा श्रेष्ठलाई २१–१६ र २१–६ ले पराजित गरी फाइनलमा प्रवेश गरेका छन् ।
यसैगरी १७ वर्ष मुनीका पुरुष एकलतर्फको सेमिफाइनल खेलमा त्रिभुवन आर्मी क्लबका नविन श्रेष्ठले कैलालीका गौतम कठायतलाई २१–१३ र २१–१३ ले तथा बाँकेका रियाज अन्सारीले एपीएफका नीरबिक्रम देवकोटालाई २१–१८ र २१–१४ ले पराजित गरी फाइनलमा प्रवेश गरेका छन् ।
१७ वर्ष मुनीका महिला एकलतर्फको सेमिफाइनल खेलमा त्रिभुवन आर्मी क्लबका जेसिका गुरुङ्गले सोही क्लबका सुनैना मुखियालाई २१–९ र २१–१५ ले तथा त्रिभुवन आर्मी क्लबकै मेघा चन्दले कञ्चनपुरका रन्जना भट्टलाई २१–१५ र २१–१९ ले पराजित गरी फाइनलमा प्रवेश गरेका छन् ।
मिक्स डबल्सतर्फको सेमिफाइनल खेलमा त्रिभुवन आर्मी क्लबका रत्नजीत तामाङ्ग र सरादेवी तामाङ्गको जोडीले नेपाल पुलिस क्लबका दिपक बोहरा र शोभा गौचनको जोडीलाई २१–१३ र २१–१४ ले तथा एपीएफका विशाल प्रधान र विना तुलाचनको जोडीले नेपाल पुलिस क्लबका विष्णु कटवाल र मनुशा राईको जोडीलाई २१–१९ र २३–२१ ले तथा पराजित गरी सेमिफाइनलमा प्रवेश गरेको छ ।
यसैगरी पुरुष युगलतर्फको सेमिफाइनल खेलमा त्रिभुवन आर्मी क्लबका रत्नजीत तामाङ्ग र राम राईकोको जोडीले सोही क्लबका विकास श्रेष्ठ र नविन श्रेष्ठको जोडीलाई २१–१२ र २१–१४ ले तथा त्रिभुवन आर्मी क्लबकै सुरज महर्जन र दिपेश धामीको जोडीले एपीएफका विशाल प्रधान र विमल श्रेष्ठको  जोडीलाई २१–१९, १८–२१ र २१–१५ ले तथा पराजित गरी फाइनलमा प्रवेश गरेको छ ।
महिला युगलतर्फको सेमिफाइनल खेलमा त्रिभुवन आर्मी क्लबका सरादेवी तामाङ्ग र नङशलदेवी तामाङ्गको जोडीले सोही क्लबका सुनैना मुखिया र मेघा चन्दको जोडीलाई २१–१० र २१–८ ले तथा एपीएफका शिक्षा श्रेष्ठ र प्रतिभा गुरुङ्गको जोडीले एपीएफकै विना तुलाचन र कविता कार्कीको जोडीलाई २१–१३ र २१–१८ ले तथा पराजित गरी फाइनलमा प्रवेश गरेको छ ।

Comment