खुकुरी  बन्यो एनएसएलको मुख्य प्रायोजक 


नेपाल डिस्टिलरीको खुकुरीले आसन्न नेपाल सुपर लिग(एनएसएल)को प्रायोजन गर्ने भएको छ । एनएसएलको आयोजक नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्ट(एनएसइएम)का बिच बिहीबार खुकुरी मुख्य प्रायोजक बन्ने विषयमा सम्झौता भएको हो । एनएसएलको नाम अब खुकुरी एनएसएल हुने भएको छ ।
एनएसएलकी प्रमुख अस्रयता कार्की चौधरीले खुकुरी र एनएसएल बिचको सहकार्य सार्थक हुने विश्वास व्यक्त गरेकी छिन् । प्रतियोगिता ११ वैशाख देखि १ जेठसम्म आयोजना हुने छ । नेपाल डिस्टिलरीका महा प्रबन्धक शुभांष लामाीछानेले खेल, सङ्गीत र कला सबै क्षेत्रमा नेपाली प्रतिभालाई उजागर गर्ने नीति अनुरूप एनएसएलसंग सहकार्य गर्न पाउँदा खुसी लागेको बताए ।

Comment