उज्ज्वल र शुभश्री पहिलो


उज्ज्वल मानन्धर र शुभश्री श्रेष्ठले राष्ट्रिय खुला यु–१२ टेबलटेनिस प्रतियोगिताको सिंगल्स स्पर्धामा मंगलबार पहिलो भएका छन् । उज्ज्वल छात्र तथा शुभश्री छात्रातर्फ पहिलो भएका हुन् ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको प्रतियोगिताको छात्रमा शंकर पहरी दोश्रो तथा सार्थक मानन्धर र आर्यन शाही तेश्रो भए ।
काठमाडौं जिल्ला टेबलटेनिस संघद्वारा आयोजित प्रतियोगिताको छात्रामा नर्बदा खाइतु दोश्रो तथा कृस्तिना थापा र अनामिका कस्ती तेश्रो बने ।
विजेतालाई अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष चतुरानन्द राजवैद्य, टेबलटेनिस संघका केन्द्रीय प्रथम उपाध्यक्ष समेत रहेका आयोजक संघका अध्यक्ष धर्ममान वज्राचार्य र टेबलटेनिसका मुख्य प्रशिक्षक सन्जिव ढुंगेलले एक कार्यक्रमबीच पुरस्कार वितरण गरे ।
विश्व टेबलटेनिस दिवसका अवसरमा आयोजित प्रतियोगिताको छात्रमा ३० तथा छात्रामा २० खेलाडी सहभागी थिए । समापनका अवसरमा विजेता खेलाडीले विश्व टेबलटेनिस दिवस मनाउने क्रममा केक पनि काटेका थिए ।

Comment