हेल्प नेपाल शीर्षमा कायम


टिपटप हेल्प नेपाल पाँचौँ आरबिबि एनभिए कप राष्ट्रिय महिला तथा पुरुष क्लब लिग च्याम्पियनसिपमा पुरुष तर्फ शीर्ष स्थानमा एथावत रहेको छ । हेल्प नेपाल ४ खेलमा चारै खेल जित्दै १२ अङ्कका साथ शीर्ष स्थानमा रहेको हो ।
आज सम्पन्न खेलमा हेल्प नेपालले पुलिस क्लबलाई ३ – ० को सोझो सेटमा पराजित ग¥यो । हेल्पले पुलिसलाई २५–२२,२५–१६, २५–२० अङ्कले पराजित गरेको हो । अर्को खेलमा विभागीय टोली सेनाको टिएसीले अर्को विभागीय टोली एपिएफलाई २५ – १५, २५ – १८, २८ – २६ ले पराजित गर्दै आफ्नो अङ्क तालिकामा एपिएफ सँगको अङ्क बराबर गरेको छ । एपिएफ र टिएसीको अङ्क समान ९ रहेको छ ।
यस्तै ४ खेलबाट नेपाल पुलिसको ६ अङ्क र बुलबुलेको पनि ४ खेलबाट समान ६ अङ्क रहेको छ । मणि मुकुन्द र नयाँबजारले कुनै अङ्क जोडेका छैनन् ।


नेपाल भलिबल सङ्घको आयोजना तथा राष्ट्रिय वाणिज्य बैङ्कको प्रायोजनमा भएको प्रतियोगिताको महिला तर्फको खेलमा सेनाको टिएसी र नेपाल पुलिस समान ८ अङ्कका साथ शीर्षमा रहेका छन् । टिएसीले सोमबार भएको प्रतिस्पर्धामा अर्को विभागीय टोली एपिएफ सँग पराजित भएता पनि अङ्कका आधारमा शीर्षमा रहेको हो । एपिएफले सेनालाई १९ –२५, २५– १०, २५– १७, २५–२२ ले पराजित गरेको हो । यस्तै अर्को खेलमा भरतपुर मेट्रोले पहिलो जित निकाल्दै अङ्क तालिकामा ३ अङ्क जोड्न सफल भयो । भरतपुरले ढोरपाटन स्पोर्टस् क्लबलाई २५ –२१, २५  – १२, २५  – १३ ले पराजित गरेको हो । महिला तर्फ न्यु डायमन्डको ३ खेलबाट ७ अङ्क र एपिएफको ६ अङ्क रहेको छ । भक्तपुर मेट्रोले ३ अङ्क जोड्दा ढोरपाटन शून्यमा रहेका छ ।

Comment