पर्दा पछाडिका यी नायक


नेपालमा पहिलो पटक फ्रेन्चाइज लिगको नेपाल सुपर लिग(एनएसएल) नेपाली नयाँ वर्षको पहिलो महिनाका लागि तय भएको छ । यसै लिगमा थुप्रै अनुहारहरू मैदानमा देखिने छन् । मैदान बाहिर केही यस्ता व्यक्तित्व हुने छन् जसका कारण यो लिग अझ रोमाञ्चक हुने छ । जो टोली तयार गर्न र प्रशिक्षण दिन व्यस्त रहे , तीनै मध्यका एक व्यक्ति उज्ज्वल मानन्धर । सञ्चार क्षेत्रमा एकदमै छाएका र हाई फाइ वाला फुटबलकर्मी त उनी होइनन् । तर, नेपाली फुटबलका उनको उपस्थितिका बारे यो चर्चा ।
एउटा खेल व्यक्तित्वका लागि हरेक प्रतियोगिताका आफ्ना महत्त्व हुन्छन् । अझ भनौँ नेपालको पहिलो फ्रेन्चाइज त महत्त्वपूर्ण नहुने कुरै भएन । नेपाली फुटबल ब्यबसायीक  मोडमा प्रवेश गरेको यो समयमा उज्ज्वल लागि भने आफूलाई थप पुष्टि गर्ने एउटा राम्रो अवसर पनि बनेको छ । गत महिना मात्र सम्पन्न भएको बि डिभिजन लिगमा उनैले गोलरक्षक प्रशिक्षण दिएको सातदोबाटो यूथ क्लब ए डिभिजनमा प्रवेश पाएको छ ।


सातदोबाटोलाई ए डिभिजनमा बढुवा गराएका सनोज श्रेष्ठकै प्रशिक्षणमा बुटवल रहने छ । सोही टोलीमा आबद्ध उज्ज्वल आसन्न प्रतियोगिता आफ्नो टोलीका लागि महत्त्वपूर्ण हुने विश्वास व्यक्त गर्छन् ।
जावलाखेल एकान्त कुना र भनीमण्डलको वातावरण त्यत्तिकै फुटबलमय थियो । यसै वातावरणमा बाल्यकाल र टिनएज बिताएका उज्वलले लामो समयको खेलाडी जीवन पछि बि.स २०६३ मा प्रशिक्षकको यात्रा तय गरेका थिए ।
उनको खेलाडी जीवन कम आरोह र अवरोहले बितेको थिएन । उनको पुरा खेलाडी जीवनलाई हेर्ने हो भने नेपालमा टिम गेम पूर्ण वैज्ञानिक खेल हो ? या नेपाली समाजका अन्य विकृति कै एउटा अबबेश हो भन्ने बहस नै जरुरी हुन सक्छ । खैर, यी सारा अड्चनका बाबजुद उनले राष्ट्रिय टोलीको जर्सी भिर्ने अवसर पाएका थिए ।
वि.स २०५२ मा जाउलाखेलमा यूथ क्लबको प्रतिनिधित्व गरेका उनी वि.स २०५७ सम्म त्यसै क्लबमा आबद्ध थिए । आरसीटी क्लबले बि.स २०५७ मै नयाँ संरचना तयार गरेको थियो । आरसीटीको त्यसै संरचनामा उज्ज्वल पनि अटाए । थोरै समय आरसीटीमा रहेका उज्ज्वल लामो समय सङ्कटा क्लबमा बिताए ।  यस पछि थोरै समय थ्री स्टार क्लबमा रहे । व्यवसायी खेलाडी जीवनको अन्त्य फ्रेन्ड्स क्लबमा गरे ।
प्रशिक्षक कम खेलाडीको रूपमा सङ्कटामा बिताएका उनका लागि सन् २०१० को दशकको उत्तरार्द्ध भने महत्त्वपूर्ण बन्यो । खेलाडी जीवन पछि आर्थिक व्यवस्थापनकै धेयले थुप्रै विद्यालयका फुटबल शिक्षकको रूपमा उनी सक्रिय रहे ।
सन् २०१४ मा एएफसी सी लाइसेन्स कोर्स गरेका उनले सन् २०१५ बी लाइसेन्स कोर्स गरे । सन् २०१६ मा उनले एएफसी गोलकिपिङ कोचिङ कोर्सको लेभल वान पुरा गरे । जुन कोर्सले उनी राष्ट्रिय टोलीका लागि पनि योग्य ठहरिए । सोही वर्ष उनले एन्फा एफसी टोक्यो कोचिङ सेमिनार पुरा गरे ।


यी यावत सफलता पछि उनले राष्ट्रिय टोलीको जिम्मा पाए । सन् २०१६ मा एएफसी सोलीडारिटी कोर्स उनका लागि कोशेढुंगा साबित भयो । नेपालले विदेशी भूमिमा वर्षौँ पछि उपाधि जित्न सफल भयो । फाइनलमा मकाउलाई १–०ले हराएको नेपाली टोलीले सेमिफाइनलमा २–२ को बराबरी पछि लाओसलाई टाई ब्रेकरमा ३–० ले हराएको थियो । विपक्षी खेलाडीले तेस्रो प्रहार साइड बार बाहिर हाने पनि सुरुका दुई प्रहार नेपाली टोलीका गोलरक्षक किरण चेम्जोंले रोकेका थिए । नेपाली टोलीको त्यो जितमा किरण एउटा नायक थिए भने त्यो नायकलाई तयार गर्ने पर्दा पछिका प्रमुख पात्र उज्ज्वल पनि थिए । उतार चढाव रहेको किरणको क्यारियर सोही खेल पछि चुलिएको मात्र छ । कनै तहको एसियाली पहिलो एसियाली उपाधि जित्ने त्यसै टोलीका एक हिस्सेदारको रूपमा उज्वलको भूमिका भने महत्त्वपूर्ण नै थियो ।


एसियन च्याम्पियनसिपको छनोट तथा यु–१९ एएफसी छनोट उज्ज्वल प्रशिक्षण टोलीमा रहेका अन्य दुई प्रतियोगिता हुन् । घरेलु फुटबलको हकमा मेघराज केसीको थ्री स्टार आगमनसँगै उज्ज्वल पनि त्यहीँ फर्किए । यी दुई को जोडी यसरी जम्यो की थ्री स्टारमा उपाधिको चाङ नै लाग्न सुरु भयो । पारिवारिक चोटका कारण केही समय फुटबलबाट  टाढिएका उज्ज्वल फेरी देखिए बि डिभिजन लिगमा । यस लिगमा पनि सातदोबाटो च्याम्पियन भयो भने सनम राई नयाँ फर्ममा देखिए ।

अडाइ दशक अघि मिडटेबलको क्लबको गोल पोस्टको बागडोर सम्हाल्दै बलिया टोलीका टाउको दुखाइ उज्वलले समयको बहावसँगै धेरै स्टारका जीवनमा एउटा टर्नीङ प्वाइन्ट नै दिए । खेलाडीको रूपमा उनी कि त भए भएनन् । प्रशिक्षकको रूपमा पछिल्लो आधा दशक कि मेकर बनेर उदाए । पर्दा पछाडिका यी पात्रले गोलकीपीङ एकेडेमी खोल्ने योजना बनाएका छन् । आशा छ , उनको योजनासँगै आगामी केही वर्षमा नेपाली फुटबलले एक से एक गोलरक्षक पाउने छ ।

Comment