तेस्रो मेयर कप ब्याडमिन्टन चैत्र तेस्रो हप्ता

कोभिड १९को बन्दाबन्दी पश्चात् ब्याडमिन्टन प्रतियोगितामा निकै नै वृद्धि हुन पुगेको छ । यसै क्रममा झुम्का ब्याडमिन्टन क्लबले प्रदेश नं. १ स्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता चैत्र २७ र २८ गते आयोजना गर्न लागेको हो । एक महिनाको बिचमा यो प्रदेश १ स्तरीय मेयर कप प्रतियोगिता दोस्रो हो । एक महिना अघि मात्र भोजपुरमा प्रदेश १ स्तरीय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भई सकेको छ ।
राम धुनी नगरपालिका, झुम्का, सुनसरीमा आयोजना हुने प्रतियोगितामा पुरुष युगल खुल्ला, यु–१७ गल्र्स एकल, खुल्ला गल्र्स एकल, भेट्रान्स ४५ माथि, र आन्तरिक खेलाडीहरूको गरी ५ विधामा करिब २०० सय खेलाडीहरूले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएका छन् ।
करिब १२ लाखको लागत रहेको प्रतिस्पर्धामा पुरुष युगल तर्फका शीर्ष तीन विजेताले नगद ३० हजार, २० हजार र १० हजार सहित मेडल र ट्रफी प्राप्त गर्नेछन् । यस्तै यु १७ र खुल्ला गल्र्स एकल तर्फका शीर्ष तीनले १० हजार, ७ हजार र ३ हजार , भेट्रान्स तर्फका शीर्ष तीनले १५ हजार, १० हजार र ७ हजार तथा आन्तरिक बिचका शीर्ष तीनले १५ हजार, १० हजार र ५ हजार सहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गर्ने प्रतियोगिता संयोजक पुष्प दाहालले जानकारी गराएका छन् ।
प्रतियोगितामा सहभागी हुने खेलाडीका लागि बिहानको खाजा र लन्च आयोजकले बेहोर्ने भएका छन् । यस्तै प्रतियोगितामा नाम दर्ताका लागि प्रति खेलाडी १ हजार र दर्ता गर्ने समय चैत्र २४ गते ४ बजे सम्म रहेको संयोजक दाहालले बताए ।
Comment