हस्पीटालीटी म्यानेजमेन्ट प्रशिक्षण सुरु

 होटेल व्यवसायी महासङ्घ नेपाल र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा हस्पीटालीटी म्यानेजमेन्ट प्रशिक्षण  वाटिका  बैंक्वेट , रवि भवन, कलङ्कीमा शनिवार सुरु भएको छ ।  होटेल व्यवसायी महासङ्घ नेपालका अध्यक्ष हिरा ध्वज शाहको अध्यक्षतामा भएको उद्घाटन समारोहमा नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र प्रसाद रिजाल प्रमुख अतिथि थिए ।  विशिष्ट अतिथिमा नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक  हिकमत ऐर , महासङ्घका निवर्तमान अध्यक्ष अमृत भुजेल  तथा  महासङ्घका वरिष्ठ उपाध्यक्ष  दिनेश कुमार चुके रहेका थिए ।
त्यसै गरी प्रदेश १ का  अध्यक्ष  राजन दंगाल तथा निवर्तमान अध्यक्ष मणिन्द्र कटुवालका साथमा  बागमती प्रदेशका संयोजक   सन्तोष उप्रेती , होटेल तथा पर्यटन व्यवसायी सङ्घ प्रदेश ३ का महासचिव  दामोदर नेपाल  र कोषाध्यक्ष  रमेश बराल पनि उपस्थित थिए ।  कार्यक्रममा होटेल व्यवसायी महासङ्घका सुदूरपश्चिमका संयोजक दीपक खड्का तथा केन्द्रीय र जिल्ला तहका महासङ्घ नेतृत्वकर्ताको उपस्थिति थियो ।
प्रशिक्षणमा देशभरिका होटेल व्यवसायीको सहभागिता रहेको छ ।

 

तालिमको उद्घाटन  कार्यक्रमका  प्रमुख अतिथि  चन्द्र प्रसाद रिजालले गरेका थिए। कार्यक्रमको सञ्चालन महासङ्घका महासचिव वीर मन्जन वटालाले गरेका थिए । तालिमको सम्बन्धमा संक्षिप्त  जानकारी गराउँदै महासङ्घका सचिव शङ्कर भण्डारीले आगामी दिनमा पर्यटन बोर्डले दिने बजेटमा वृद्धि गर्नु पर्ने बताए ।  त्यसै गरी कार्यक्रमका विशिष्ट अतिथि पर्यटन बोर्डका वरिष्ठ निर्देशक  हिकमत ऐरले कार्यक्रममा बोल्नु हुँदै यति ठुलो सञ्जाल भएको कुनै पनि सङ्घ नभएको  दाबी गरे।


त्यसै गरी प्रमुख अतिथि श्री चन्द्र प्रसाद रिजाल ज्यूले कार्यक्रममा बोल्नुहुँदै राज्यले व्यवसायीहरूको पिर मर्का बुझ्न नसकेको साना , मझौला तथा ठुला होटलहरुको यकिन तथ्याङ्क  राख्नु पर्ने बताउँदै हालको अवस्थामा आन्तरिक पर्यटनलाई प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए ।  २ दिन सम्म सञ्चालन हुने कार्यक्रममा नेपाल पर्यटन बोर्डका प्रशिक्षक सुमन घिमिरे  , र  संस्कृति पर्यटन  नागरिक उड्डयन मन्त्रालयका सहसचिव तथा पर्यटन प्रवर्द्धन महाशाखाका संयोजक  प्रदीप कोइरालाले प्रशिक्षण तालिम दिने छन्  ।

Comment