मन जयकर एकेडेमीमा टेनिस प्रशिक्षण सुरु

 मन जयरकर टेनिस एकेडेमीले बिहीबार देखि यु–१० बालबालिकाका लागि प्रशिक्षण सुरु गरेको छ । नेपालमा नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यले सञ्चालित सो प्रशिक्षणमा १० प्रशिक्षार्थी रहेका छन् ।
सुरुमा प्रारम्भिक प्रशिक्षण दिइए पनि बिस्तारै इन्टरमिडियट र एडभान्स प्रशिक्षण दिने एकेडेमीको योजना रहेको छ । हरेक ३ महिनामा एकेडेमीका प्रशिक्षार्थीको बिचमा यु–१० प्रतियोगिता समेत आयोजना हुने छ ।
प्रशिक्षार्थीलाई पूर्व राष्ट्रिय च्याम्पियन समेत रहेका जितेन्द्र परियार तथा महिला प्रशिक्षक गङ्गा पौडेलले प्रशिक्षण दिने छन् । प्रशिक्षण एकेडेमीकै कोर्ट सुनधारामा सञ्चालन हुने छ ।
मन जयकर टेनिस एकेडेमी नेपालको टेनिस विकासमा सर्वाधिक समर्पित संस्था हो । प्रशिक्षणको नेपाल ओलम्पिक कमिटीकी उपाध्यक्ष तथा नेपाल टेनिस सङ्घकी अध्यक्ष ज्योति राणाले उद्घाटन गरिन् ।
Comment