स्वस्ति श्री गुरुकुलको हिटिङ पौडी पोखरी

सानो भ¥याङस्थित स्वस्ति श्री गुरुकुलले हिटिङ पौडी पोखरी सञ्चालनमा ल्याउने भएको छ । स्वस्ति श्रीका अध्यक्ष रामकृष्ण चित्रकारले अन्तर्राष्ट्रिय स्तरको हिटिङ पौडी पोखरीको शनिवार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले औपचारिक उद्घाटन गर्ने बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।
विद्यालय हातामा पौडी पोखरी बाहेक फुटसल, बास्केटबल, टेबल टेनिस, ब्याडमिन्टन, स्केटिङ, कराते, जिम हलका संरचना पनि रहेको स्वस्ति श्रीका प्राचार्य डा. हिमलाल घिमिरेले जानकारी दिए ।
अध्यक्ष चित्रकारले विद्यालयमा रहेका खेलकुदका संरचनालाई सरोकारवालालाई आवश्यक परेको खण्डमा सहकार्य गर्न तयार रहेको प्रतिबद्धता जनाए । राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइरालाले निजी स्तरबाट खेलकुदका स्तरीय पूर्वाधार निर्माण हुनु सकारात्मक पक्ष भएको बताउँदै यसले भविष्यमा देशलाई योगदान दिने खेलाडी उत्पादनमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
सेप्टेम्बरमा सर्बियामा हुने आईएसएफ यु–१५ वर्ल्ड स्कुल स्पोर्ट गेम्स र अक्टोबरमा चीनमा हुने १८ औँ आईएसएफ जिम्नासाइडमा स्वस्ति श्रीका विद्यार्थीले पनि भाग लिने जानकारी गराइयो ।
Comment