पोखरामा चौथो वृहत् खेलकुद महोत्सव सुरु

pokhara mohatsav
पोखरा
जिल्ला खेलकुद विकास समिति कास्कीको आयोजना तथा सम्बन्धित खेल सङ्घहरूको व्यवस्थापनमा शुक्रबारदेखि पोखरा रड्डशालामा चौथो वृहत् खेलकुद महोत्सव–२०७१ सुरु भएको छ।
महोत्सवको उद्घाटन गर्दै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव युवराज लामाले खेलकुदमा राजनीतिक संकीर्णतावाद हुन नसक्ने बताए। उनले खेलाडी एमाले, माओवादी, काङ्ग्रेस, फोरम कसैको नहुन भन्दै मात्र राष्ट्रको हुने दाबी गरे। उनले अहिलेको जिल्ला र क्षेत्रीय खेलकुद विकास समितिको नेतृत्वले पोखरामा खेलकुदको विकासमा महŒवपूर्ण योगदान पु¥याएको दाबी गर्दै यो काम आगामी नेतृत्वलाई पनि चुनौती हुने बताए।
सदस्य–सचिव लामाले वृहत् खेलकुद महोत्सव नियमितरूपमा आयोजना गर्ने नेपालमा कास्की जिल्ला खेलकुद मात्र भएको दाबी गरे।
पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष एवं नेपाल क्रिकेट सङ्घका कार्यबाहक अध्यक्ष दीपक कोइरालाले पोखरामा भौतिक पूर्वाधार निर्माण गर्नको लागि राष्ट्रिय खेलकुद परिषद्ले ठूलो योगदान पु¥याएको बताए। उनले आफूहरूको कार्यकालमा पोखराले नेपालकै सबैभन्दा ठूलो कभर्डहल पाएको भन्दै आगामी वर्षदेखि हरेक खेल सोही कभर्ड हलमा हुने दाबी गरे।
नेपाल लोकतान्त्रिक खेलकुद सङ्घका अध्यक्ष देवेन्द्रकुमार शेरचनले खेलकुदको विकासमा सबै एकजुट हुनुपर्ने बताए।
कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सुमन देवकोटाले सम्बन्धित खेल सङ्घहरूलाई प्रत्यक्षरूपमा संलग्न गराउने उद्देश्यले व्यवस्थापनको जिम्मेबारी दिएको बताए। उनले झण्डै एक महिनासम्म सञ्चालन हुने थ्रीसिस्टर अन्तर गाविसस्तरीय रनिङशिल्ड भलिबल प्रतियोगिता, क्लबस्तरीय फुटबल, नगर वडास्तरीय बास्केटबल, खुल्ला टेबलटेनिस, सिनियर तथा जुनियर कराँते, तेक्वान्दो, उसु, केन्पोकाई कराँते, फुलकन्ट्याक कराँते, शारीरिक सुगठन, साइकिलिङ ¥यालीसहितको प्रतियोगिता, पाँच किलोमिटर जुनियरतर्फको दौड, जिल्लास्तरीय आर्चरी, विद्यालयस्तरीय ह्याण्डबल र अन्तरक्लब तथा यु–१६ को ब्याडमिन्टन प्रतियोगिता गरी १५ वटा खेलको लागि महोत्सवमा तीन हजार जना खेलाडी तथा सात सय ५० जना अफिसियल सहभागी हुने जानकारी दिए।
कास्की जिल्ला भलिबल सङ्घका अध्यक्ष भीम पराजुलीले भलिबल प्रतियोगितालाई मुख्य प्रायोजन गरे थ्रीसिस्टर फाउण्डेशनले खेलाडीको हौसला बढाउने काम गरेको बताए।उनले आगामी दिनमा फाउण्डेशनबाट थप सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे। थ्रीसिस्टर फाउण्डेशनले भलिबलको विकासको लागि कास्की जिल्ला भलिबल सङ्घसँग प्रत्येक वर्ष एक लाख २० हजार दिनेगरी आगामी तीन वर्षको लागि प्रायोजन सम्झौता गरेको छ।
महोत्सव सम्पन्न गर्न करिब १० लाख लाग्ने कास्की जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रकाश बरालले जानकारी दिए। सो अवसरमा खेलाडीको तर्फबाट भलिबलका राष्ट्रिय खेलाडी बुद्ध सिंह तथा अफिसियलको तर्फबाट राष्ट्रिय रेफ्री राजन पौडेलले सपथ लिएका थिए।

Comment