शाहको निधन

राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत नेपाल खेलकुद विज्ञान प्रतिष्ठानका लेखा अधिकृत विकासविक्रम शाहको आइतबार निधन भएको छ । ४५ वर्षे शाहको हृदयाघातका कारण निधन भएको हो ।
शाहको निधनको शोकमा आइतबारै राखेप हातामा श्रद्धाञ्जली सभा राखिएको थियो । राखेपका सदस्य–सचिव रमेशकुमार सिलवाल, सदस्यहरू रिम रानाभाट, सुभाष श्रेष्ठ, हरि खड्का, रेणुका श्रेष्ठ लगायत कर्मचारीले शाहको तस्बिरमा पुष्प गुच्छा चढाइ भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका थिए । सोमबार खेलकुदका सम्पूर्ण कार्यालय बन्द रहने  छन् ।
शाह २०५३ साल असोज ४ गते लेखापाल पदमा राखेपको स्थायी सेवामा प्रवेश गरेका थिए । शाहलाई २०७० साल असोज ३१ गते लेखा अधिकृतमा विशेष बढुवा गरिएको थियो । शाहको पार्थिव शरीरलाई आइतबारै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । शाहका श्रीमती र छोरी छन् ।
Comment