रङ्गशालामा अर्को निरस खेल


बंगलादेशसंगको खेलमा  गोल रहित बराबरी गरे पछि नेपाल थ्री नेसन्स कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । सोमबार हुने फाइनलमा नेपालले बङ्गलादेशकै सामना गर्ने छ । प्रतियोगिताको सुरुवाती दुई खेलमा नेपालले कुनै गोल गरेको छैन । हालसम्म भएका तीन खेल नै अत्यन्त निराश जनक रहेका छन् । कुनै खेलमा  कुनै आकर्षण नै देखिएको छैन ।

Comment