कृष्ण मोहनस्मृती ब्याडमिन्टनमा आर्मी क्लबको प्रभाव

badminton
नेपाल एपीएफ क्लबको कभर्डहलमा जारी ‘एघारौं राष्ट्रव्यापी कृष्णमोहन स्मृति खुल्ला ब्याडमिन्टन प्रतियोगिता–२०७१’ अन्तर्गत शुक्रबार भएको पुरुष एकलतर्फको खेलमा त्रिभुवन आर्मी क्लबका रत्नजीत तामाङ्गले एपीएफका सुदिप सेढाईलाई २१–१० र २१–१ ले, एपीएफका साजनकृष्ण ताम्राकारले नेपाल पुलिस क्लबका विष्णु कटवाललाई २१–१८ र २१–१२ ले र  त्रिभुवन आर्मी क्लबका दिपेश धामीले सोही क्बलका नविन श्रेष्ठलाई २१–१७, २५–२७ र २१–१३ ले हराए ।  त्रिभुवन आर्मी क्लबकै विकास श्रेष्ठले नेपाल पुलिस क्लबका विजित थापामगरलाई २४–२२ र २१–१० ले पराजित गरे । यी चारै खेलाडी सेमिफाइनलमा प्रवेश गरेका छन् ।
यसैगरी महिला एकलतर्फको खेलमा त्रिभुवन आर्मी क्लबका नङशलदेवी तामाङ्गले नेपाल पुलिस क्लबका शोभा गौचनलाई २१–१२ र २१–१३ ले, त्रिभुवन आर्मी क्लबकै अमिता गिरीले सोही क्लबका सुनैना मुखियालाई २१–११ र २१–१६ ले तथा त्रिभुवन आर्मी क्लबकै सरादेवी तामाङ्गले सोही क्लबका जेसिका गुरुङ्गलाई २१–१४ र २१–१० ले पराजित गरी सेमीफाइनलमा प्रवेश गरेका छन् । सोही इभेन्ट्मा एपीएफका शिक्षा श्रेष्ठले बाँकेका नेरी थापाबाट रिटायर्ड हर्ट पाई सेमिफाइनलमा प्रवेश गरेकी छन् ।
यसैगरी १७ वर्ष मुनीका पुरुष एकलतर्फको खेलमा एपीएफका नीरबिक्रम देवकोटाले सिन्धुपाल्चोकका अभिषेक गुरुङ्गलाई २१–१७, १६–२१ र २१–१७ ले, बाँकेका रियाज अन्सारीले त्रिभुवन आर्मी क्लबका विशाल तामाङ्गलाई २१–१७ र २१–१७ ले, कैलालीका गौतम कठायतले नेपाल प्रहरी विद्यालयका प्रिन्स दाहाललाई २१–१० र २१–१३ ले तथा त्रिभुवन आर्मी क्लबका नविन श्रेष्ठले सोही क्लबका अनिश श्रेष्ठलाई  १३–२१, २१–१८ र २१–१७ ले पराजित गरी सेमिफाइनलमा प्रवेश गरेका छन् ।
यसैगरी १७ वर्ष मुनीका महिला एकलतर्फको खेलमा कञ्चनपुरका रन्जना भट्टले त्रिभुवन आर्मी क्लबका रशिला महर्जनलाई २३–२१ र २१–९ ले, त्रिभुवन आर्मी क्लबका मेघा चन्दले कैलालीका प्रार्थना देउवालाई २१–११ र २१–६ ले, त्रिभुवन आर्मी क्लबकै सुनैना मुखियाले झापाका श्वेता गिरीलाई २१–११ र २१–११ ले तथा त्रिभुवन आर्मी क्लबका जेसिका गुरुङ्गले कैलालीका अम्बिका मल्ललाई २१–१० र २१–२ ले पराजित गरी सेमिफाइनलमा प्रवेश गरेका छन् ।
यसैगरी पुरुष युगलतर्फको खेलमा त्रिभुवन आर्मी क्लबका सुरज महर्जन र दिपेश धामीको जोडीले एपीएफका रमेश शेर्पा र महेन्द्र ढकालको जोडीलाई २१–१२ र २१–६ ले तथा  त्रिभुवन आर्मी क्लबकै रत्नजीत तामाङ्ग र राम राईको जोडीले एपीएफका सुदिप सेढाई र साजनकृष्ण ताम्राकारको जोडीलाई २१–२३, २१–१७ र २१–१८ ले हराए ।  त्रिभुवन आर्मी क्लबका विकास श्रेष्ठ र नविन श्रेष्ठको जोडीले नेपाल पुलिस क्लबका विष्णु कटवाल र विजित थापामगरको जोडीलाई २१–१२, १७–२१ र २१–१० ले तथा एपीएफका विशाल प्रधान र विमल श्रेष्ठको जोडीले कास्कीका विशाल खड्का र शम्भु श्रेष्ठको जोडीलाई २१–१६, १६–२१ र २१–१९ ले पराजित गरी सेमिफाइनलमा प्रवेश गरेको छ ।
यसैगरी महिला युगलतर्फको खेलमा त्रिभुवन आर्मी क्लबका नङशलदेवी तामाङ्ग र सरादेवी तामाङ्गको जोडीले भक्तपुरका संगिता बुढा र रमा मताङ्गको जोडीलाई २१–४ र २१–३ ले तथा  एपीएफका शिक्षा श्रेष्ठ र प्रतिभा गुरुङ्गको जोडीले त्रिभुवन आर्मी क्लबका अमिता गिरी र अनु राईको जोडीलाई २१–१६, १९–२१ र २१–१४ ले हराए । त्रिभुवन आर्मी क्लबका सुनैना मुखिया र मेघा चन्दको जोडीले नेपाल पुलिस क्लबका शोभा गौचन र मनुशा राईको जोडीलाई २१–१६ र २३–२१ ले पराजित गरी सेमिफाइनलमा प्रवेश गरेको छ भने सोही इभेन्टमा एपीएफका विना तुलाचन र कविता कार्कीको जोडी वाकओभर पाई सेमिफाइनलमा प्रवेश गरेको छ ।
यसैगरी मिक्स डबल्सतर्फको खेलमा नेपाल पुलिस क्लबका दिपक बोहरा र शोभा गौचनको जोडीले एपीएफका सुदिप सेढाई र शिक्षा श्रेष्ठको जोडीलाई २२–२०, २०–२२ र २१–१७ ले तथा  एपीएफका विशाल प्रधान र विना तुलाचनको जोडीले एपीएफकै इन्द्र महता र नेरी थापाको जोडीलाई २१–११, १८–२१ र २१–१८ ले हराए ।  नेपाल पुलिस क्लबका विष्णु कटवाल र मनुशा राईको जोडीले त्रिभुवन आर्मी क्लबका राम राई र नङशलदेवी तामाङ्गको जोडीलाई २१–१३ र २१–८ ले तथा त्रिभुवन आर्मी क्लबका रत्नजीत तामाङ्ग र सरादेवी तामाङ्गको जोडीले सुनसरीका सुजना श्रेष्ठ र सीता राईको जोडीलाई २१–११ र २१–१२ ले पराजित गरी सेमिफाइनलमा प्रवेश गरेको छ ।

Comment