सुस्मीतालाई स्वर्ण पदक

भैरहवाकी सृष्टि सुरुन्तेल मगरलाई हराउँदै कोटेश्वर तेक्वान्दो डोजाङकी सुस्मीता मोक्तानले तेस्रो महिला राष्ट्रिय तेक्वानदो प्रतियोगिताको सिनीयर ६२ किलो तौल समूहको उपाधि जितेकी छिन् । सो स्पर्धामा छिन्छु कि रेविना विक र इटहरीकी सुबना खनियाले कास्य पदक जिते । ४१ जुनियरमा युनिककी सदिच्छा कार्की पहिलो,लैनचौरकी आकृति गुरुङ दोस्रो तथा युनिर्गल्सकी बिनिसा राई र लैनचौरका दिया रजक तेस्रो भए ।
५३ किलो तौल समूह सिनीयरमा सुपरस्टारकी नीलिमा मल्ल पहिलो,चितवनकी रोशनी लिम्बु दोस्रो तथा रत्न नगरकी उमा तिवारी र काटेश्वरकी गीता कठायत तेस्रो भए ।
१५ वर्ष मुनीको टिम पुम्सेमा कपन टाइगर पहिलो,स्युचाटार दोस्रो तथा बुटवल र सुप्रीम स्कुल तेस्रो भए । १८ वर्ष मुनीको टिम पुम्सेमा स्युचाटार पहिलो,युनाइटेड दोस्रो र बुटवल तेस्रो भए । १५ वर्ष मुनीको एकल पुम्सेमा सुपर स्टारकी सानीया ओली पहिलो,स्युचाटारकी सुदिका सापकोटा दोस्रो तथा युनिर्गल्सकी पूर्णिमा बस्नेत र बुटवलकी रोशनी तामाङ तेस्रो भए ।
१८ वर्ष मुनीको स्पर्धामा स्युचाटारकी मोनीका रम्तेल पहिलो,चितवनकी जैनब खातुन दोस्रो तथा स्युचाटारकी मोनीका मगर र स्मृति भित्री कोटीले काश्य पदक जिते । २३ वर्ष मुनीको समूहमा मुलपानीकी चन्दु शाहीले स्वर्ण,युनिर्गल्सकी रोशनी श्रेष्ठले रजत तथा नेपालगन्जकी अञ्जली राई र रत्न नगरकी सृजना कुँवरले काश्य पदक जिते ।
३० वर्ष मुनीको समूहमा सुप्रीमकी अनु लामाले स्वर्ण  र अल्फाकी सुनिता विष्टले रजत पदक जिते ।
१५ वर्ष मुनीको युगल पुम्सेमा स्युचाटारका रोशनी रोशनी शाह र स्वस्तिका  सापकोटाले स्वर्ण तथा सुपर स्टारका सम्झना ओली र दीपशिखा रानाभाटले रजत पदक जिते । यसै गरी, युनिगल्र्सका तोरण कुमारी बस्नेत र पूर्णिमा बस्नेत तथा बुटवलकी अनुस्का तामाङ र ऋषिका थापाले कास्य पदक जिते ।
१८ वर्ष मुनी स्युचाटारकै मोनीका रम्तेल र मोनीका मगरको जोडी पहिलो भयो । सुपर स्टारका माया मल्ल र नीलिमा मल्ल दोस्रो भए । यसै गरी,बुटवलकी आशा बि.क र एलीजा रोकाय तथा युनाइटेडका सहारा जोशी र सुप्रीया तिमल्सीनाले काश्य पदक जिते ।
Comment