सुशील महासचिवमा चयन

नेपाल अटोमोवाइल्स एसोसिएसन ( नासा ) का पदाधिकारीहरूको जिम्मेवारी फेरबदल भएको छ।
गत हप्ता बसेको कार्यसमितिको बैठकले उपाध्यक्ष मेघराज पौड्याल र महासचिव आशिष् गजुरेलले आफ्नो व्यक्तिगत कारण देखाई दिएको राजीनामा स्वीकृत गरी रिक्त उपाध्यक्षमा  र अनिल कुमार बराल तथा महासचिवमा सुशील तण्डुकारलाई मनोनयन गरेको छ ।
यस सङ्घको केन्द्रीय कार्यसमितिमा अध्यक्षमा दशरथ रिसाल, उपाध्यक्षमा सिताराम न्यौपाने र अनिल कुमार बराल, महासचिव(का.वा.)मा सुशील तण्डुकार, सचिवमा नीरज खड्का क्षेत्री र सन्तोष प्रसाद न्यौपाने तथा  कोषाध्यक्षमा धान्यमणि नेपाल रहेका छन् ।
 सह—कोषाध्यक्षमा प्रकाश कपुरी तथा सदस्यहरूमा नारायण कुमार भट्टराई, रामकुमार शाही ठकुरी, जिस्वाँ तुलाधर, सजल कार्की,सञ्जु बज्राचार्य, रमेश सिलवाल, दिप्रश शाक्य र  विनोद तण्डुकार रहेका छन् ।
यस अघि नै सचिवमा सन्तोष प्रसाद न्यौपाने, सह—कोषाध्यक्षमा प्रकाश कपुरी तथा सदस्यहरूमा सञ्जु बज्राचार्य, रमेश सिलवाल, दिप्रस शाक्य र विनोद तुण्डकारलाई मनोनयन गरिएको थियो ।
Comment