भारोत्तोलन टोली उज्बेकिस्तान तर्फ


एसियाली भारोत्तोलन च्याम्पियनसिपमा सहभागी हुन २ खेलाडीसहित ३ सदस्यीय नेपाली टोली बिहीबार उज्बेकिस्तानको तास्केन्द प्रस्थान गरेको छ । च्याम्पियनसिप पुरुषको ४९ औँ र महिलाको ३० औँ संस्करण हो । नेपालबाट महिला खेलाडी मात्र सहभागी हुने छन् ।
अप्रिल १६ देखि २५ तारिखसम्म हुने प्रतियोगिताको ५९ केजीमा सन्जु चौधरी तथा ६३ केजीमा कमल श्रेष्ठले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । प्रतियोगिताअघि टोली उज्बेकिस्तानमै २६ दिने तालिममा सहभागी हुने छ ।
सन्जु नेपालमा भएको १३ औँ दक्षिण एसियाली खेलकुदकी स्वर्ण विजेता हुन् । सागको कुनै पनि संस्करणमा भारोत्तोलनमा स्वर्ण जित्ने सन्जु एक्लो नेपाली महिला खेलाडी हुन् । सन्जु र कमला दुवै ओलम्पिक स्कलरसिप टोकियो– २०२० का लागि छनोट भएका खेलाडी समेत हुन् ।
प्रतियोगिता टोकियो ओलम्पिक छनोटका रूपमा समेत रहेको छ । टोलीलाई सफलताको शुभकामना दिँदै नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ  महासचिव नीलेन्द्रराज श्रेष्ठ र नेपाल भारोत्तोलन सङ्घका अध्यक्ष रामकृष्ण श्रेष्ठ बोसले बिहीबारै सातदोबाटोस्थित एनओसीमा आयोजित एक कार्यक्रमबीच बिदाइ गरे ।

Comment