सुमिना र सुष्मा यूथ बक्सिङ च्याम्पियनसिपमा छनोट


सुमिना खड्का आइवा यूथ वल्ड बक्सिङ च्याम्पियनसिपका लागि ६० केजी तौल समूहमा बुधवार छनोट भएकी छन् । आरडीएस क्लबकी सुमिनाले बक्समाण्डौंकी डेचेन शेर्पालाई निर्धारित तीन राउन्डको खेलमा अङ्कका आधारमा ४–१ ले हराउँदै छनोटमा परिन् । नेपाल बक्सिङ सङ्घले आयोजना गरेको छनोट प्रतियोगिताको ४८ केजी तौल समूहमा नक्सालकी सुष्मा तामाङ मंगलवारनै झापाकी सुस्मिता राईलाई अङ्कका आधारमा ३–२ को स्कोरमा हराउँदै छनोट भएकी थिइन् ।  छनोटका अवसरमा नेपाल बक्सिङ सङ्घका अध्यक्ष राम अवाले,वरिष्ठ उपाध्यक्ष अर्जुनबहादुर केसीलगायतको उपस्थिति रहेको थियो । आइवा यूथ वल्ड बक्सिङ च्याम्पियनसिप पोल्यान्डमा अप्रिल ११ देखि २३ सम्म सञ्चालन हुनेछ ।

Comment