श्रीनाथ मुवाँ थाइको तयारी पूरा

श्रीनाथ मुवाँ थाइको तयारी पूरा
श्रीनाथ कलेक्सनको मुख्य प्रायोजन तथा नेपाल मुवाँ संघको आयोजनामा हुने प्रथम श्रीनाथ राष्ट्रिय मुवाँ थाइ प्रतियोगिताको तयारी पूरा भएको छ ।
राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा शुक्रबारदेखि सुरु हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक संघका अध्यक्ष गणेशलाल कक्षपतिले जनाएका छन् ।
प्रतियोगितामा ५० पुरुष खेलाडीको सहभागिता रहनेछ । यसै प्रतियोगिताबाट उत्कृष्ट दुई खेलाडीलाई जापानमा के वानमा सहभागिताका लागि अवसर प्रदान गरिने अध्यक्ष कक्षपतिले बताए । कक्षपतिका अनुसार जापानबाट के वान फाइटर मोहन महर्जन के वानका लागि खेलाडी छनोट गर्न नेपाल आइसकेका छन् ।

Comment