बस्नेतको बिदाइ

राष्ट्रिय खेलकुद परिषद् अन्तर्गत खेलकुद विकास विभागका प्रमुख डेमबहादुर बस्नेतलाई सोमबार बिदाइ गरिएको छ ।
उमेर हद ९५८ वर्ष० का कारण बस्नेतले मङ्गलवारदेखि अनिवार्य अवकाश पाउँदै छन् । २०५३ साल असोज ४ गते राखेपमा अधिकृत तृतीयमा सेवा प्रवेश गरेका बस्नेत अधिकृत द्वितीयबाट अवकाश हुन लागेका हुन् । करिब २५ वर्षको सेवा अवधिमा बस्नेतले कर्मचारी प्रशासन शाखा, प्रशासन विभाग, सङ्घ संस्था समन्वय शाखा, मध्य पश्चिमाञ्चल र पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति तथा मानव संसाधन तथा तथ्याङ्क शाखामा रहेर कार्य गरेका थिए ।
प्रशासन विभागका प्रमुख कुलबहादुर थापा, खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख मधुसूदन बस्नेत, तालिम तथा प्रशिक्षण विभागका निर्देशक अर्जुन विक, राष्ट्रिय टिम तयारीका निर्देशक महेन्द्रकुमार राई, अन्तर्राष्ट्रिय खेलकुद परिसरका प्रमुख टीका लिम्बू, प्रचार प्रसार शाखाका प्रमुख दुर्गाप्रसाद दुलाल, सङ्घ संस्था समन्वय शाखाका प्रमुख सरोज पोखरेल, सामान्य प्रशासन शाखा प्रमुख शारदा दाहाल, खेलकुद विकास विभागका प्रशासकीय अधिकृत चन्द्रकुमार राई, ओलम्पियन तेक्वान्दोका दीपक विष्ट, कर्मचारीलगायतले बस्नेत, प्रचार प्रसारको योगदानको चर्चा गर्दै भावी व्यक्तिगत जीवनको सफलताका लागि शुभकामना दिए ।
बस्नेतले प्राविधिक कारणले खेलकुदबाट टाढा रहे पनि खेलकुदको विकास र विस्तारमा समर्पित रहने प्रतिबद्धता जनाए ।
Comment