युवा ब्याडमिन्टन स्टार प्रिन्स सम्मानित

 साइनो मेयर कप ब्याडमिन्टन प्रतियोगिताको समापनको अवसरमा प्रिन्स दाहाल सम्मानित भएका छन् । पुरस्कार वितरण कार्यक्रमका दौरान विश्व ब्याडमिन्टन महासङ्घको जुनियर १९ तर्फ तेस्रो स्थानमा पुग्न सफल हुनुका साथै ब्याडमिन्टन एसियाले उत्कृष्ट जुनियर खेलाडी घोषणा गर्नुले राष्ट्र तथा नेपाली जनमानसको शिर मानलाई उच्च राख्न सफल भएकोमा उहाँको कार्यको उच्च मूल्याङ्कन गर्दै आयोजकले सम्मान पत्रद्वारा सम्मान गरे । दाहाललाई तारकेश्वर नगरपालिकाका मेयर रामेश्वर फुयाँलले प्रशंसा पत्र प्रदान गरे ।
निजी क्लब तथा अन्य संस्थाले प्रिन्सको उपलब्धिलाई महत्त्व दिए पनि ब्याडमिन्टनको नेतृत्वदायी संस्थाले उनको उपलब्धि अनुसारको महत्त्व दिएको पाइएको छैन । नेपाली खेलकुदमै विगत केही वर्ष यताका सबै भन्दा गर्व गर्न लायक
 उपलब्धि प्रिन्सले दिलाए पनि राज्य स्तरबाट यो सफलतालाई नजरअन्दाज गरिएको र यो नजरअन्दाजमा सङ्घको मौनतालाई अर्थपूर्ण मानिएको छ ।
Comment