प्रनिश र विशालको जोडी क्वाटर फाइनलमा

झापाका प्रनिश सिंह ठकुरी र विशाल बस्नेतको जोडी प्रथम खुल्ला साइनो मेयर कप ब्याडमिन्टन प्रतियोगिताको पुरुष युगलमा क्वाटर फाइनल प्रवेश गरेका छन् ।
प्रतियोगिताको दोस्रो दिन एपिएफका भेट्रान खेलाडी द्वय इन्द्र महता र अनिल कुमार लाखेको जोडीलाई १९–२१, २१–१६, २१–११ को सेटमा पराजित गर्दै प्रनिश र विशालको जोडी क्वाटरमा स्थान बनाउन सफल भएका हुन् ।
साइनो स्पोर्टस् हलको आयोजना तथा तारेकेश्वर नगरपालिकाको आयोजनामा भएको प्रतियोगिताको पुरुष युगल तर्फ क्वाटर फाइनल प्रवेश गर्ने अन्यमा स्पोर्टस् हवका गणेश ढुङ्गाना र अभिषेक गुरुङको जोडी, चण्डोलका सनम खपाङ्गी र हिरा राईको जोडी, इचङ्गुका रमेश श्रेष्ठ र साजन श्रेष्ठको जोडी, सिन्धुलीका दीपेन्द्र बस्नेत र रूपक थिंगको जोडी, सुर्खेतका नरेन्द्र बम र चण्डोका शिव थापाको जोडी, भुपु सैनिकका सहरोज अन्सारी र सुरज गुप्ताको जोडी रहेका छन् ।
गणेश र अभिषेकको जोडीले टोखाका क्षितिज खनाल र सूर्य दर्शनका दीपक रानाको जोडीलाई १४ –२१, २१–१९, २१–१५, सनम र हिराको जोडीले सेनाका भोजबहादुर गुरुङ र आयुष्मान् नागरीको जोडीलाई २१–१४, २१–१३, रमेश र साजनको जोडीले टोखाका अमन महर्जन र नारायण श्रेष्ठको जोडीलाई २१–१८, २१–१२ तथा  दीपेन्द्र र रूपकको जोडीले बुटवलका प्रतीक अर्याल र एनआरएन दुबईका शाहिल चन्दको जोडीलाई २१–११, २१–८ ले हराए ।  नरेन्द्र र शिवको जोडीले सेनाका गोकुल जोरा र डेभिड थापा मगरको जोडीलाई २१–११, २१–१५ तथा सहरोज र सुरजको जोडीले कैलालीका योगेश खड्का र देव राज रानाको जोडीलाई २३–२५, २१–१६, २१–११ ले पराजित गरेका हुन् ।
पुरुष युगल सी तर्फको खेलमा साइनोका सञ्जय श्रेष्ठ र समीर थापा, टोखाका क्षितिज खनाल र अमन महर्जन, धादिङका विपिन घले र राम मल्ल ठकुरी, हरिसिद्धी ब्याडमिन्टन क्लबका पुस्पेन्द्र महर्जन र तुलसी राम महर्जन, दीपक ब्याडमिन्टन एकेडेमीका रुपा बादे र राम आले मगर तथा  गण्डकी ब्याडमिन्टन क्लबका शरद खड्का र रमेश ठकुरीको जोडीले जित हात पारे ।  सूर्य दर्शनका बाबुराम अर्याल र हिरा रोका मगर, स्पोर्टस् हवका बिशम राई र दिलीप राई, कीर्तिपुरका द्रिपेश बज्राचार्य र निखिल भट्ट, भुपु सैनिकका जीवन खत्री र प्रकाश कुँवर र  नुवाकोटका चन्दन घले र सुरज लामाको जोडी पनि बिहीबारको खेलमा विजयी भएको छ ।  गाकर्णेश्वरका लोक बहादुर लामा र गणेश श्रेष्ठ, साइनोका ओम लाल गुरुङ र बुद्धिलाल नगरकोटी, टोखाका बुद्धि डङ्गोल र शोकराज डङ्गोल तथा सूर्य दर्शनका विष्णु राना र टिका थापाको जोडी पनि आआफ्ना प्रतिद्वन्दिलाई पाखा लगाउँदै अर्को चरण प्रवेश गरेका छन् ।
पुरुष युगल बी तर्फ दीपक ब्याडमिन्टन एकेडेमीका रुपा बादे र बिभेक शर्माको जोडी, टोखाका क्षितिज खनाल र अमन महर्जनको जोडी, गण्डकी ब्याडमिन्टन क्लबका तिलक छन्त्याल र हिरा राईको जोडी तथा  भुपु सैनिकका सुरज गुप्ता र स्पोर्टस् हवका दिलीप राईको जोडी पनि विजयी रहे । भक्तपुरका नवराज सापकोटा र ईश्वर थापाको जोडी, सिन्धुलीका दीपेन्द्र बस्नेत र रूपक थिङ्गको जोडी, चण्डोलका सनम खपाङ्गी र शिव मगरको जोडी तथा दीपक ब्याडमिन्टन एकेडेमीका राम आले मगर र सूर्य दर्शनका अर्जुन तामाङको जोडी पनि आआफ्नो प्रतिद्वन्दिलाई पन्छाउँदै अर्को चरणमा स्थान बनाउन सफल भए ।
Comment