पर्सा जिल्लाको सखुवा प्रसौनी सेन्चुरी बैङ्कको शाखा रहित बैङ्किङ सेवा

सेन्चुरी कमर्सियल बैङ्क लिमिटेडले मिति २०७७ फाल्गुन २२ गतेबाट आफ्ना ग्राहक वर्गहरूको सेवामा थप विस्तार गर्ने उद्देश्यले पर्सा जिल्लाको सखुवा प्रसौनी गाउँपालिका ४ को देवरवानामा शाखा रहित बैङ्किङ सेवा सुरु गरेको छ ।
शाखा रहित बैङ्किङ सेवाको शुभारम्भ प्रमुख अतिथिका रूपमा प्रदेश २ का विधायक मन्जुर आलम र विशेष अतिथिको रूपमा सखुवा प्रसौनी गाउँपालिका अध्यक्ष प्रदीप जयसवालले संयुक्त रूपमा एक समारोहबिच गरे । सो अवसरमा अध्यक्ष प्रदीप जयसवालले पर्सा जिल्लाको पुरानो बजारको रूपमा रहेको देवारवा नामा शाखा रहित बैङ्क सेवाबाट स्थानीय जनताले वित्तीय सेवाप्राप्त गरी आर्थिक समृद्धिमा मद्दत पुग्ने बताए । सो कार्यक्रममा बैंैकका प्रदेश नं २ का प्रमुख सौरभ चौधरी, आदर्श नगर शाखाका प्रमुख शिवनाथ साह,लिंकरोड शाखाका प्रमुख सुरेश साह साथै बैङ्कका अन्य कर्मचारी र स्थानीय गरेर १५० जनाभन्दा बढी सहभागिता रहेको थियो । शाखारहित बैङ्किङ सेवामा निक्षेप सङ्कलन, रकम भुक्तानीलगायत बैकले प्रदान गर्ने अन्य सेवा उपलब्ध हुनेछन् ।
आधुनिक प्रविधिको माध्यमबाट देशका दुर्गम तथा सहरी क्षेत्रमा सरल बैंकिग सेवा प्रदान गर्दै आएको सेन्चुरी कमर्सियल बैङ्कले आफ्ना १२० शाखा १० एक्सटेन्सन काउन्टर, २३शाखा रहित बैंकिङ्ग र ८८ एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।
Comment