खड्का फेलेटको ब्रान्ड एम्बेसडर

पूर्व राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्याडमिन्टन खेलाडी सञ्जीव खड्का मलेसियाको ब्याडमिन्टन खेल सामाग्री उत्पादन संस्था फेलेटको ब्रान्ड एम्बेसडर नियुक्त भएका छन् । कैलाली जिल्लाको धनगढीमा जन्मिएका खेलाडी सञ्जीव अध्ययनको सिलसिलामा अस्ट्रेलियामा रहेका छन् । खड्का विगत २ वर्ष देखि साउथर्न तास्मानियन ब्याडमिन्टन सङ्घ अस्ट्रेलियामा प्रशिक्षकको रूपमा कार्यरत रहेका छन् । उनले विदेशमा रहँदा नेपालमा ब्याडमिन्टन खेलको विकासका लागि नेपाली खेलाडीहरू र जिल्ला ब्याडमिन्टन सङ्घलाई समय समयमा आर्थिक सहयोग प्रदान गर्दै आई रहेका छन् । फेलेटको ब्रान्ड एम्बेसडर हुन पाएकोमा आफू निकै नै गौरवान्वित भएको सञ्जीवले बताए । उनको नियुक्तिले नेपाल लगायत सम्पूर्ण ब्याडमिन्टन परिवारलाई गौरवान्वित बनाएको छ ।
Comment