लामो समय पछि कोर्टमा फर्किए विवेक

लामो समय कोर्टबाट बाहिर रहेका पूर्व राष्ट्रिय च्याम्पियन भोजपुरका विवेक श्रेष्ठ पुनः कोर्टमा फर्कँदै प्रदेश १ स्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता २०७७ को क्वाटर फाइनल प्रवेश गरेका छन् । पुरुष एकलको प्रतिस्पर्धामा श्रेष्ठले सुनसरीका प्रकाश लिम्बुलाई २१-१४, २१ – १५ को सोझो सेटमा पराजित गर्दै अन्तिम ८ को यात्रा तय गरेका हुन् । विवेक २०६४ सालमा चितवनमा भएको ३४ औँ राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा यु १६ जुनियर च्याम्पियन रहिसकेका खेलाडी हुन् । उनले त्यस समय अहिलेका नम्बर एक खेलाडी तथा पूर्व राष्ट्रिय«य च्याम्पियन भोजपुरकै रत्न जित तामाङलाई पराजित गर्दै च्याम्पियन भएका थिए । यस्तै उनी सिनियर तर्फ राष्ट्रिय च्याम्पियनमा सेमिफाइनलिष्ट र पुरुष युगल तर्फका पनि फाईनलिष्ट खेलाडी रहिसकेका छन् । निकैनै स्तरीय खेल प्रदर्शन गर्ने र सम्भावित राष्ट्रिय च्याम्पियनको रूपमा हेरिएका खेलाडी विवेकले ३ वर्ष अगाडि सुनसरीको इँटहरिमा भएको ७ औँ पुष्पलाल ¥याङ्किङ्ग राष्ट्रिय«य ब्याडमिन्टन प्रतियोगिता पश्चात् घरायसी कारणले खेललाई अगाडी बढाउन सकेका थिएनन् ।
विवेकले पुरुष युगल तर्फ पनि जित निकाले । उनले विशाल तामाङ सँग मिलेर दिङ्गला भोजपुरका लेखनाथ श्रेष्ठ र बुद्ध तामाङको जोडीलाई २१ – १७, २१ – १६ ले पराजित गर्दै अन्तिम ८ मा स्थान बनाएका हुन् । अन्तिम आठमा स्थान बनाउने क्रममा नम्बर १ खेलाडी रत्न जित तामाङ र नवीन श्रेष्ठको जोडी पनि दिङ्गला भोजपुरका दावा शेर्पा र नरेन्द्र तामाङको जोडीबाट वाक ओभर प्राप्त गरे । यस्तै पाँचथरका एसिया जवेगु र दिवस शंकरको जोडी खोटाङका विजय राई र सविन श्रेष्ठको जोडीलाई २१ – ७, २१ – ११, सुनसरीका सुजन श्रेष्ठ र झापाका प्रनिश सिंह ठकुरीको जोडी बेलबारीका अजय चौधरी र मंदीप घलेको जोडीलाई २१ – १८, २१ – १५, भोजपुरका प्रवीण बस्नेत र सुभाष तामाङको जोडी संखुवाससभाका सुनिल कार्की र निशान कटुवालको जोडीलाई २१ – १०, १७ – २१, २१ – १४, सुनसरीका प्रकाश लिम्बु र सत्यम सुब्बाको जोडी बेलवारीका नवीन राई र लाक्पा शेर्पाको जोडीलाई २२ – २०, २१ – १७, बेलटारका विनय चौधरी र सनिल चौधरीको जोडी भोजपुरका सुरोज मगर र मनोज श्रेष्ठको जोडीलाई २१ – १६, २१ – १८ले तथा सङ्खुवासभाका पविन लिनथेप र सोलुखुम्बुका पेम्बा शेर्पाको जोडी खोटाङका प्रेम जोशी र दीपक खत्रीको जोडी बाट वाक ओभर प्राप्त गर्दै अन्तिम आठमा पुगे ।
भोजपुर जिल्ला ब्याडमिन्टन सङ्घको आयोजना तथा भोजपुर नगरपालिकाको प्रायोजनमा भएको प्रतियोगिताको पुरुष एकलको अन्तिम आठमा प्रवेश गर्ने अन्य खेलाडीहरूमा सुनसरीका सुजन श्रेष्ठ, पाँचथरका दिवस शङ्कर, झापाका प्रनिश सिंह ठकुरी, पाँचथरका एसिया जवेगु, सोलुखुम्बुका पेम्बा शेर्पा, इटहरी ब्याडमिन्टन क्लबका भोज बहादुर गुरुङ र सङ्खुवासभाका पविन लिनथेप रहेका छन् । सुजनले भोजपुरका सुवास तामाङलाई २२ – २०, १७ – २१, २१ – १३ , दिवसले चौदण्डी गढी नगरपालिका, बेलटारका विनय चौधरीलाई २१ – १६, २१ – १०, प्रनिशले दिङ्गला भोजपुरका बुद्ध तामाङलाई २१ – १२, २१ – १०, एसियाले भोजपुरका विशाल तामाङलाई २१ – १६, १२ – २१, २३ – २१, पेम्बाले भोजपुरका सुरज रानालाई २१ – १६, २१ – १४, भोजले भोजपुरकै प्रवीण बस्नेतलाई १४ – २१, २१ – ८, २१ – १२ र पविनले गाईघाट उदयपुरका सुवेश राईलाई २१ – ६, २१ – १० ले पराजित गर्दै अन्तिम आठमा स्थान बनाएका हुन् ।
महिला एकल तर्फ सुनसरीकी सृष्टि चामलिङ्ग राईले बेलटारकी स्मृति राईलाई २१ – ९, २१ – ११, बेलटारकी रोजी राईले भोजपुरकी मेनुका तामाङलाई २१ – १६, २१ – ८ र धनकुटाकी अरुणा तामाङले भोजपुरकी मन कुमारी राईलाई २१ – ६, २१ – ५ ले पराजित गर्दै अन्तिम आठ प्रवेश गरे ।
यु १७ छात्रा तर्फको खेलमा मोरङकी रोज पाण्डे र बेलटारकी रोजी राई सेमिफाइनल प्रवेश गरे । पाण्डेले सुनसरी ब्याडमिन्टन एकेडेमीकी सन्ध्या श्रेष्ठलाई २१ – ८, २१ – ३ले तथा राईले सुनसरी ब्याडमिन्टन एकेडेमीका आरजु सिग्देललाई २१ – ८, २१ – १५ ले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेका हुन् । यस्तै बेलटारकी स्मृति राईले सुनसरी ब्याडमिन्टन एकेडेमीकी सुदेस्ना गुरुङलाई २१ – १९, २१ – १६ ले तथा सुनसरीकी सृष्टि चामलिङ्ग राईले अञ्जना राईलाई २१ – १७, १७ – २१, २१ – १८ ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाए ।
ब्वाईज तर्फको खेलमा भोजपुरका युनिश राई चौदण्डी नगरपालिका, बेलटारका विनय चौधरी सँग पराजित भए । विनयले राईलाई २१ – ६, २१ – ८ले पराजित गर्दै सेमिफाइनल यात्रा तय गरे । अव विनयले फाइनल प्रवेशका लागि इटहरी ब्याडमिन्टन क्लबका भोज बहादुर गुरुङको सामना गर्ने भएका छन् । भोजले सङ्खुवासभाका निशान कटवाललाई १९ – २१, २१ – १०, २१ – १५ ले पराजित गरे । यस्तै अर्को खेलमा सुनसरीका सत्यम सुब्बा पनि अन्तिम ४ मा स्थान बनाउन सफल भए । सत्यमले चौदण्डीगढीका सनिल चौधरीलाई २१ – १४, २१ – १० ले पराजित गर्दै फाइनल प्रवेशका लागि खोटाङका सनम राई सँग भिड्ने भएका छन् । सनमले सङ्खुवासभाका सुनिल कार्कीलाई १८ – २१, २४ – २२, २१ – १६ ले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेका हुन् ।
स्कुल स्तर देखिनै खेलाडी उत्पादन गर्ने उद्देश्यले भोजपुरका साना बालबालिकालाई ब्याडमिन्टन खेल प्रति आकर्षण गर्न आयोजना गरिएको ब्वाईज यु १३ तर्फको खेलमा तयाबुङ्ग राईले अभि राईलाई पराजित गर्दै सेमिफाइनल प्रवेश गरे । तयाबुङ्गले अभिलाई २।० ले पराजित गरेका थिए । यसैगरि अश्विन मोक्तानले रश्मन राईलाई २ – १ ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाए । अर्को क्वाटर फाइनल खेलमा प्रमिश राईले दिपांशु गुरुङलाई तथा मेवुङ्ग राईले समीर राईलाई समान २ – ० अन्तरले पराजित गर्दै सेमिफाइनल प्रवेश गरे । क्वाटर फाइनल प्रवेशका लागि भएको प्रतिस्पर्धामा रश्मन राईले सुनसरी ब्याडमिन्टन एकेडेमीका सिमोन कार्कीलाई र दिपांशु गुरुङले दीप तामाङलाई २ – ० ले पराजित गरेका थिए । दीप ६ वर्षका खेलाडी हुन् ।
Comment