सोम फाइनलमा

लास्ट ब्रेकका सोम लामा प्रथम चक्र लामा÷किसन लामा स्मृति राष्ट्रव्यापी खुला स्नुकर प्रतियोगितामा बिहीबार फाइनलमा प्रवेश गरेका छन् ।
बौद्धस्थित अजिमा स्नुकर हाउसमा भइरहेको प्रतियोगिताको दोस्रो सेमिफाइनलमा सोमले एनआरटीका दीपक मगरलाई ७–१ ले पराजित गरे । ‘वेस्ट अफ १३’ को सेमिफाइनलमा दीपकले पहिलो फ्रेम ३८–७९ ले जिते पनि बाँकी सबै फ्रेममा सोमले अग्रता लिँदै फाइनल यात्रा पक्का गरेका हुन् । बाँकी फ्रेम सोमले १०८–३२, ७१–२२, ५४–४९, ७९–५३, ६५–४१, ८९–२० र १२१–० ले आफ्नो पक्षमा पारे ।
बौद्धनाथ विकास समिति र बौद्धनाथ तामाङ कल्याण गुठीद्वारा संयुक्त आयोजित सर्वाधिक पुरस्कार राशि रहेको प्रतियोगिताको फाइनल शनिवार हुने छ । फाइनलमा सोमले नेपाल नम्बर वान अजिमा स्नुकर हाउसका रेगन श्रेष्ठ विरुद्ध खेल्ने छन् । बुधवार भएको पहिलो सेमिफाइनलमा रेगनले फस्ट ब्रेकका अमन कार्कीमाथि ७–६ को कठिन जित निकाल्दै फाइनलमा स्थान बनाएका थिए ।
Comment