रेगन फाइनलमा

नेपाल नम्बर वान अजिमाका रेगन श्रेष्ठ प्रथम चक्र लामा÷किसन लामा स्मृति राष्ट्रव्यापी खुला स्नुकर प्रतियोगितामा बुधवार फाइनलमा प्रवेश गरेका छन् ।
बौद्धस्थित अजिमा स्नुकर हाउसमा भइरहेको प्रतियोगितामा रेगनले ‘वेस्ट अफ १३’ को पहिलो सेमिफाइनलमा फस्ट ब्रेकका अमन कार्कीलाई ७–६ को फ्रेममा पराजित गरे । रेगनले खेल ५०–१०६, १२२–०८, १२३–०, ३६–७६, ९२–१६, ४३–६०, १०–९५, १००–४२, ६१–४२, ९२–३०, ४७–७६, २६–८८ र ८३–२७ ले जिते ।
फाइनलमा रेगनको भेट लास्ट ब्रेकका सोम लामा र एनआरटीका दीपक मगरबिच हुने दोस्रो सेमिफाइनलको विजेतासँग हुने छ । दोस्रो सेमिफाइनल बिहीबार हुने छ ।
Comment