एक पछि अर्को  उचाइमा नेपाल हाप्किडो

नेपालमा रहेका धेरै संघ मध्य एकाध संघ मात्र हरेक समय सक्रिय रहेका छन् । यी नै संघ मध्यको एक नेपाल मार्शल आर्ट्स हाप्किडो एसोसिएसन हो । पछिल्लो वर्ष देखि त यो एसोसिएसनको सक्रियता अझ बढेको छ । यस क्रममा प्रतियोगिताको मात्रा पनि बढेको छ ।
संघ नेतृत्व प्राविधिक काम र संघ विस्तारमा पनि पछिल्लो समय त्यत्तिकै सक्रिय रह्यो ।  पछिल्लो एक वर्ष यता यो एसोसिएसनले संघको केन्द्रीय स्वरूपलाई व्यवस्थित बनायो भने प्रादेशिक संघ र जिल्ला संघलाइ पनि विस्तार गरेको छ ।
अहिले संघको सात वटै प्रदेश संघ सक्रिय रहेका छन् । एसोसिएसनले सन् २०२२ को अगस्टमा विश्व च्याम्पियनसिपको आयोजना गर्ने भएको छ । यसको तयारी पनि सुरु भइसकेको छ । एसोसिएसनका संस्थापक अध्यक्ष काली बहादुर घर्ती मगर यो  प्रतियोगिता नेपाललाई अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित गराउन पनि महत्त्वपूर्ण रहने बताए ।
यसै गरी, एसोसिएसन अहिले घरेलु प्रतियोगितामा पनि व्यस्त रहेको छ । हाप्किडोको चौथो राष्ट्रिय च्याम्पियनसिप आयोजना हुँदै छ ।  नयाँ वर्ष २०७८ को अवसरमा ४,५ र ६ वैशाखमा  हुने सो प्रतियोगितामा दौरान स्पाइरिङ, सेल्फ डिफेन्स, डेमोन्सट्रेसन, हाइ फल र लंग फलका स्पर्धा  समावेश गरिएका छन् । यस अघि राष्ट्रिय च्याम्पियनसिपको तेस्रो संस्करण रोल्पामा भएको थियो ।
एसोसिएसनका अध्यक्ष घर्ती मगर आफ्नो नेतृत्वमा रहेको संघ छोटो समयमा देशव्यापी विस्तार भइसकेको बलियो प्रमाण नै राष्ट्रिय च्याम्पियनसिप भएको बताउँछन् । तेस्रो संस्करण रोल्पा तथा चौथो संस्करण काठमाडौँमा हुनुले सबै भूगोलका र सबै जीवन शैलीका नेपालीलाई एउटै मियोमा जोड्न आफ्नो संघ सफल भएको उनी बताउँछन् ।
यसै एसोसिएसनले प्राविधिक जनशक्तिको विस्तार गर्ने क्रममा लगातार सेमिनारको आयोजना पनि गरेको छ । दुई महिना अघि नेपालगन्जमा राष्ट्रिय सेमिनार आयोजना गरेको यो संघले गत वर्ष पोखरामा अन्तर्राष्ट्रिय सेमिनार नै आयोजना गरिसकेको छ ।
यत्ति छोटो समयमा यत्ति लामो फड्कोको कारण अध्यक्ष घर्ती मगरको सक्रियता र दूरदर्शी सोच भएको एसोसिएसनका महासचिव सुवर्ण बिसी बताउँछन् ।  घर्ती मगरले नेपालमा यस खेललाई अघि बढाएको यो चार वर्षको अवधिमा ५५ जिल्ला संघ गठन भएका छन् । चार वर्षे अवधिमा यो सक्रियता र यो फराकिलो स्वरूप साँच्चै उपलब्धिमूलक नै हो ।
यसै चार वर्षको अन्तरालमा यस खेलले अन्तर्राष्ट्रिय प्रतियोगितामा महत्त्वपूर्ण सफलता पाइसकेको छ ।
खेललाई सहर मुखी मात्र नभई सवैका लागि हाप्किडो खेलको योजनामा आफूहरू रहेको अध्यक्ष घर्ती मगर बताउँछन् । यस खेललाई प्रत्येक नेपालीको खेल बनाउन आफू  सहितको टिमले प्रयास गरिरहेको उनी बताउँछन् । खेलकुदलाई शिक्षा, उत्पादन, व्यवसाय,चेतना मूलक जागरण,सभ्य समाज निर्माण  र जीवन यापन मूलक बनाउने योजना एसोसिएसनको रहेको छ । नेपाल सरकारको  परिवर्तन,विकास र समृद्धिको लक्ष्यलाई सहयोग गर्ने यस एसोसिएसनको हरेक कार्यक्रमले सहयोग गर्ने अध्यक्ष घर्ती मगर बताउँछन् ।
घर्ती मगर  टिमका सबै जनाको मिहेनत र परिश्रमका कारण यो सम्भव हुने कुरामा उनी विश्वस्त छन् । स्वास्थ्य रहनका लागि सबै नागरिक खेलकुदमा सक्रिय रहन पर्ने कुरामा घर्ती मगर जोड दिन्छन् । उनले यस सवालमा हाप्किडो एसोसिएसन  उपयोगी रहेको उनी बताउँछन् । आफ्नो एसोसिएसन पर्यटन विकासमा पनि प्रतिबद्ध रहेको र पर्यटन विकास मार्फत नै नेपालको आर्थिक विकासमा पनि धेरै सहयोग पुग्ने उनको विश्वास छ ।
खेलकुद राष्ट्रको पहिचान र गौरवसँग जोडिएको बताउँदै उनी आफ्नो नेतृत्वको एसोसिएसन यस अभियानमा सफल हुने उनी बताउँछन् । पूर्वाधारको विकासमा सक्रिय रहेको एसोसिएसन नेतृत्व केही समयमा यसको व्यवस्थित स्वरूप देखिने उनी बताउँछन् । भविष्यमा कभर्ड हल र भवनसँगै हाप्किडो रङ्गशाला नै  बनाउने एसोसिएसनको लक्ष्य रहेको छ ।
Comment