दीपक सेमिफाइनलमा

एनआरटीका दीपक मगर प्रथम चक्र लामा÷किसन लामा स्मृति राष्ट्रव्यापी खुला स्नुकर प्रतियोगितामा सोमबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।
बौद्धस्थित अजिमा स्नुकर हाउसमा दीपकले अजिमाका फुरी शेर्पालाई ६–४ ले पराजित गर्दै लास्ट ब्रेकका सोम लामासँग सेमिफाइनलमा भेट पक्का गरे । अर्को क्वाटर फाइनलमा सोमले अजिमाका राजेन लामालाई ६–३ ले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेका थिए ।
त्यसअघि अजिमाका नेपाल नम्बर वान रेगन श्रेष्ठ र फस्ट ब्रेकका अमन कार्कीले सेमिफाइनलमा भिडन्त पक्का गरिसकेका छन् । सेमिफाइनल बुधवार हुने छ । नेपाली स्नुकरको इतिहासमा जारी प्रतियोगिता सर्वाधिक पुरस्कार राशिको हो ।
Comment