सेमिफाइनलमा अमन र रेगन भिड्ने

फस्ट ब्रेकका अमन कार्की प्रथम चक्र लामा÷किसन लामा स्मृति राष्ट्रव्यापी खुला स्नुकर प्रतियोगितामा आइतबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।
बौद्धस्थित अजिमा स्नुकर हाउसमा अमनले एस स्नुकर हाउसका मिलन लामालाई ८१–५३, ३–८५, ७९–१२, ३८–६६, ७८–२९, ६७–५५, ८८–४५ र ५८–४५ ले पराजित गरे ।
नेपाल नम्बर वान अजिमाका रेगन श्रेष्ठले पनि सेमिफाइनल यात्रा तय गरे । रेगनले एएक्सएनका वाङचु तामाङलाई १०६–७, २८–७६, ८३–३०, १०–१२३, ७७–६७, १–८९, ८०–३७, ७७–२६ र ८७–१४ ले हराए । सेमिफाइनलमा रेगनको भेट अमनसँग हुने छ ।


दुई क्वाटर फाइनल हुन बाँकी छ । सोमबार अजिमाका राजेन लामा र लास्ट ब्रेकका सोम लामा तथा अजिमाका फुरी शेर्पा र एनआरटीका दीपक मगरबिच क्वाटर फाइनल हुने छ ।

Comment