राजेन क्वाटर फाइनलमा

अजिमा स्नुकर हाउसका राजेन लामा प्रथम चक्र लामा÷किसन लामा स्मृति राष्ट्रव्यापी खुला स्नुकर प्रतियोगितामा शनिवार क्वाटर फाइनलमा प्रवेश गरेका छन् ।
बौद्धस्थित अजिमा स्नुकर हाउसमा भइरहेको प्रतियोगितामा राजेनले चामुण्डाका जिमी लामालाई ५–० को फ्रेममा सहजै पराजित गरे ।
अन्य प्रिक्वाटरफाइनलमा एनआरटीका दीपक मगरले पाल्पाका कुनाल श्रेष्ठलाई ५–२, अजिमाका फुरी शेर्पाले एस स्नुकरका सक्षम श्रेष्ठलाई ५–४ तथा लास्ट ब्रेकका सोम लामाले पोखराका विकास महर्जनलाई ५–३ ले हराउँदै क्वाटर फाइनलमा पुगे ।
दुई क्वाटर फाइनल आइतबार र बाँकी दुई सोमबार हुने छ । आइतबार अजिमाका नेपाल नम्बर वान रेगन श्रेष्ठ र एएक्सएनका वाङचु तामाङ तथा फस्ट ब्रेकका अमन कार्की र एसका मिलन लामाबिच प्रतिस्पर्धा हुने छ । सोमबार अजिमाका राजेन र लास्ट ब्रेकका सोम तथा एनआरटीका दीपक र अजिमाका फुरी शेर्पाबिच खेल हुनेछ ।
Comment