पुम्से सेमिनार तथा अभिमुखीकरण कार्यक्रम

काठमाडौँ जिल्ला तेक्वान्दो सङ्घको आयोजनामा दोस्रो पुम्से सेमिनार तथा अभिमुखीकरण कार्यक्रम त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा शनिवार सम्पन्न भएको छ ।
पुम्सेतर्फ दक्षिण कोरियाली तेक्वान्दो प्रशिक्षक क्वान योङ दलले प्रशिक्षण दिएको आयोजक सङ्घ अध्यक्ष अशोक खड्काले जनाएका छन् । अभिमुखीकरण कार्यक्रमअन्तर्गत डा. अत्युत्तम लामिछानेले स्पोर्ट्स मेडिसिन तथा डा. राजु डङ्गोलले स्पोर्ट्स इन्जुरी बारे सहभागीलाई जानकारी दिएका थिए ।
एक दिने सेमिनारमा काठमाडौँ जिल्लाका विभिन्न तेक्वान्दो डोजाङ र स्कुलका प्रमुख गरी १ सय ६ जनाको सहभागिता रहेको आयोजक सङ्घका सचिव कुमार लामा घिसिङले जानकारी गराए ।
सहभागीलाई नेपाल तेक्वान्दो सङ्घका उपाध्यक्ष एवं सुमेरु ग्रुपका अध्यक्ष भरत महर्जन तथा बाग्मती प्रदेश तेक्वान्दो सङ्घका अध्यक्ष केशव पुरीले एक कार्यक्रमबिच प्रमाण पत्र वितरण गरे ।
Comment