रेगन क्वाटर फाइनलमा

अजिमा स्नुकर हाउसका रेगन श्रेष्ठ प्रथम चक्र लामा÷किसन लामा स्मृति राष्ट्रव्यापी खुला स्नुकर प्रतियोगितामा शुक्रवार क्वाटर फाइनलमा प्रवेश गरेका छन् ।
बौद्धस्थित अजिमा स्नुकर हाउसमा भइरहेको प्रतियोगितामा नेपाल नम्बर वान रेगनले लास्ट ब्रेकका सनोज खड्गीलाई ५–२ को फ्रेममा पराजित गरे ।
फस्ट ब्रेकका अमन कार्कीले माउन्ट एभरेस्टका कृतेश ज्ञवालीलाई ५–३, एएक्सएनका वाङचु तामाङले ब्रेक प्वाइन्टका सञ्जय बज्राचार्यलाई ५–४ र एस स्नुकरका मिलन लामाले बेम्बु कोटेजका राजन गुरुङलाई ५–१ को फ्रेममा हराउँदै क्वाटर फाइनलमा पुगे ।
बाँकी ४ प्रिक्वाटरफाइनल शनिवार हुने छ । त्यस दिनको प्रिक्वाटरफाइनल राजेन लामा र जिमी लामा, विकास महर्जन र सोम लामा, कुनाल श्रेष्ठ र दीपक मगर तथा फुरी शेर्पा र सक्षम श्रेष्ठबिच हुने छ । प्रिक्वाटरफाइनल ‘वेस्ट अफ नाइन’ आधारमा भइरहेको छ ।
Comment