गोजुरियोको एडभान्स प्रशिक्षण 

राष्ट्रिय गोेजुुरियो कराँते दो सङ्घ नेपाल लुम्बिनी प्रदेशको आयोजनामा बाँकेको कोहलपुरमा २ दिने एडभान्स ट्रेनिङ सेमिनार शनिवार सम्पन्न भएको छ । कोहलपुर ३ मदन चोकमा रहेको कोहलपुर बागेश्वरी इ.मी स्कुलमा सो उद्घाटन कार्यक्रम तथा समापन कार्यक्रम यज्ञराज जैसीको अध्यक्षतामा सम्पन्न भएको हो ।
कार्यक्रममा सभापति यज्ञराज जैसी ,प्रमुख अतिथि राष्ट्रिय गोेजुुरियो कराँते दो सङ्घ नेपालका अध्यक्ष तथा नेपालका लागी मारिसका तर्फबाट अबैतानिक वाणिज्य दुुत गणेश कार्की ,विशिष्ट अतिथि राष्ट्रिय गोेजुुरियो कराँते दो सङ्घ नेपालका महासचिव प्रकाश कुमार चन्द अतिथि केन्द्रीय सदस्य जनक बि.क,नन्दलाल थारु ,कुबेर खड्का ,तथा प्रदेश ५ का कोषाध्यक्ष दीपक चौधरी प्रदेश सदस्य पदम नारायण श्रेष्ठ लगायत अतिथिहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा करिब २५० जना खेलाडीहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा खेलाडीहरूलाई दिनहरूमा साँचै यो देशका लागी खेलका माध्यमबाट केही गर्छु भन्ने उद्देश्यका साथ लाग्नु पर्ने र विश्व माझ चिनाउनु पर्ने राष्ट्रिय गोेजुुरियो कराँते दो सङ्घ नेपालका अध्यक्ष तथा नेपालका लागी मारिसका तर्फबाट अबैतानिक वाणिज्य दुुत गणेश कार्कीले बताए । खेलमा म गर्न सक्छु भन्ने अठोटका साथ खेललाई आत्मसाथ गर्नु पर्ने बताए । पहिले पहिले हामी मिलेर खेल्ने र जित्ने भन्ने हुन्थ्यो तर अब म खेल्छु र मेडल जित्छु भन्ने अठोटका साथ लाग्नु पर्ने समेत कार्यक्रममा बताए ।
यस्तै सो कार्यक्रममा विशिष्ट अतिथि राष्ट्रिय गोेजुुरियो कराँते दो सङ्घ नेपालका महासचिव प्रकाश कुमार चन्दले करातेका माध्यमबाट यो राष्ट्रलाई चिनाउनका लागी आफुुहरु सधैँ लागी परेको साथै आफ्नो देशलाई खेलको माध्यमबाट चिनाउनु पर्ने बताए । कोभिड १९ का कारण रोकिएको राष्ट्रिय प्रतियोगिता केही दिनमै तय गर्ने तथा खेलाडीहरूको हक र हितकालागी जीवन बिमा गर्ने सङ्घले निर्णय गरेको राष्ट्रिय गोेजुुरियो कराँते दो सङ्घ नेपाल लुम्बिनी प्रदेशका प्रमुख तथा केन्द्रीय सचिवालय सदस्य रमेश कुमार डाँगीले बताए ।
Comment