बद्रीलाललाई भक्तबहादुर स्मृति चेसको उपाधि

भक्तबहादुर तामाङ स्मृति रेपिड चेस प्रतियोगिताको उपाधि बद्रीलाल नेपालीले जितेका छन् । शनिवार सम्पन्न प्रतियोगितामा बद्रीलालले ७ दशमलव ५ अङ्क जोडे । समान अङ्क जाडेका मनिष हमाल र सुजेन्द्र श्रेष्ठ संयुक्त दोस्रो भए । ७अङ्क भएका गणेश मान दुवाल चौथो तथा सुश्रुत दाहाल पाँचौ भए ।
६ दशमलव ५ अङ्क भएका पूर्णराज खड्का,क्षितिज भण्डारी,राकेश रौनियार,मदन रायमाझी र रुपेस जयसवाल छैटौँ देखि १०औ स्थानमा रहे ।
समाजसेवी भक्तबहादुर तामाङको स्मृतिमा उनका छोरा चेस खेलाडी श्याम लामाको प्रायोजन तथा थापाथली चेस पार्क क्लबको आयोजनामा प्रतियोगिता सञ्चालन भएको प्रतियोगिता दुई दिनसम्म सञ्चालन भएको थियो । प्रतियोगितामा ११३ जना खेलाडीको सहभागिता रहेको थियो ।
रोसी गाउँ गाउँपालिका ३ का भक्तबहादुरको गत असोज महिनामा निधन भएको थियो । उनकै स्मृतिमा थापाथली चेस पार्क क्लबको आयोजना तथा भक्त बहादुरका छोरा श्याम लामाको प्रायोजनमा प्रतियोगिता सञ्चालन भइरहेको हो ।
दुई दिने प्रतियोगितामा ११३ जना खेलाडीको सहभागिता रहेको छ । प्रतियोगिताका विजेताले १५ हजार, उप विजयी खेलाडीले ७ हजार तथा तेस्रो हुने खेलाडीले ५ हजार रुपैयाँ पुरस्कार पाए ।
प्रतियोगिताका विजेता खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवाल र काठमाडौँ महानगरपालिका वडा न ११ का अध्यक्ष हिरालाल तण्डुकार लगायतले पुरस्कार प्रदान गरे ।
Comment