सफ्ट टेनिस स्टार व्यवसायको बाटोमा

सफ्ट टेनिसकी राष्ट्रिय खेलाडी जर्जीया चौधरी व्यवसायको दुनियाँमा त्यत्तिकै अग्रसर रहेकी छिन् । उनले विराटनगरमा “मैच्याङ  क्लोसेट” सुरु गरेकी छिन् । उनले आफ्नै बाबु पारस चौधरीले सुरु गरेको पारस स्पोर्ट्स हाउसमा सक्रिय रहँदै व्यवसायको बाटोमा प्रवेश गरेकी थिइन् । यो नयाँ योजनाको मङ्गलवार विराटनगरमै औपचारिक सुरुवात गरेकी छिन्  ।
दुई जनाको लगानी रहेको यो क्लोसेटमा महिलाका लुगा, जुत्ता र ब्यागहरू राखिएका छन् । यो व्यवसाय सुरु गर्ने जर्जीया नेपाली फुटबलका कुनै समयका चर्चित रक्षक तथा हालका प्रशिक्षक पारस चौधरी र सोही समयकी स्टार स्प्रीन्टर उषा कर्णको छोरी हुन् । आफ्नो परिवारले नेपाली खेलकुदमा गरेको समर्पणलाई विराटनगरका हरेक जनाले सकारात्मक रूपमा लिएको र ब्यपारिक कदमलाई समेत साथ दिएको बताउँदै उनले यो नयाँ योजनामा पनि सफल रहने विश्वास व्यक्त गरेकी छिन् ।
उनकी ब्यपारिक साझेदार राकेश लिम्बु पनि मेहनती र परिश्रमी भएका कारण उनी नयाँ पाइलामा अझ सफल हुनेमा आशावादी रहेकी हुन् ।
Comment