सञ्जयको दोस्रो जित

कुवेर ट्रस्टका सञ्जयकुमार मुल्मीले प्रथम चक्र लामा÷किसन लामा राष्ट्रव्यापी खुला स्नुकर प्रतियोगितामा बुधवार लगातार दोस्रो जित हात पारेका छन् ।
अजिमा स्नुकर हाउसमा भइरहेको प्रतियोगिताको दोस्रो चरणको खेलमा सञ्जयले एसका प्रवीण शाक्यलाई ३–१ ले पराजित गरे ।
त्यस्तै ब्रेक प्वाइन्टका शिव मगरले कुमारी क्लबका विकास श्रेष्ठलाई ३–०, एस स्नुकरका दीपजल ढुङ्गानाले एनडी स्क्वायरका सहेश बज्राचार्यलाई ३–०, एसबी स्क्वायरका रोजन श्रेष्ठले राजेन्द्र तामाङलाई ३–०, ब्ल्याक पोटका निश्चल केसीले चण्डेश्वरीका राजन तामाङलाई ३–१, कुमारीका पदम तामाङले शेर्पा स्नुकरका निमा शेर्पालाई ३–० तथा बेम्बुका राजन गुरुङले कुमारीका श्याम वाइबालाई ३–१ ले हराए ।

Comment