रेगनको जित

रेगन श्रेष्ठले प्रथम चक्र लामा÷किसन लामा राष्ट्रव्यापी खुला स्नुकर प्रतियोगितामा मङ्गलवार जित हात पारेका छन् ।
नेपाल नम्बर वान अजिमा स्नुकर हाउसका रेगनले चामुण्डाका प्रवीण थिङलाई ३–० ले पराजित गरे । बौद्धनाथ विकास समिति र बौद्ध तामाङ कल्याण गुठीद्वारा संयुक्त आयोजित नकआउट प्रतियोगितामा लास्ट ब्रेकका आयुश गौतमले विराटनगरका सरोज गौतमलाई ३–०, एएक्सएनका वाङचु तामाङले बौद्धका नोर्बु लामालाई ३–०, चामुण्डाका तेन्जिङ लामाले एएक्सएनका कुमार शाहीलाई ३–० तथा लास्ट ब्रेकका उदिप शाक्यले अजिमाका बुद्ध लामालाई ३–० को फ्रेममा हराए ।
त्यस्तै एसका सनातन मल्ल ठकुरीले एन्जीका प्रवीण लामालाई ३–१, अजिमाका दोर्जे शेर्पाले थानकोटका सुजन ज्वारचनलाई ३–१ तथा ब्रेक प्वाइन्टका सञ्जय बज्राचार्यले एसका आशिष थिङलाई ३–१ ले पाखा लगाए ।
Comment