युवा सङ्घले पोखरामा खेलकुद महोत्सव आयोजना गर्ने

पोखरा
नेकपा एमालेको भातृ सड्डठन युवा सङ्घ नेपाल जिल्ला कमिटी कास्कीले शहीद सप्ताह खेलकुद महोत्सव २०७१ को आयोजा गर्ने भएको छ। स्वस्थ युवा, स्वच्छ समाज भन्ने नाराका साथ यही फागुन २१ देखि २७ गतेसम्म पोखरा रड्डशालामा खेलकुद महोत्सव आयोजना गर्न लागिएको सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो।
खेलकुद महोत्सवअन्तर्गत कास्की जिल्लास्तरीय भलिबल प्रतियोगिता, अन्तरजिल्ला कमिटीस्तरीय राष्ट्रिय फुटबल प्रतियोगिता र १० किलोमिटर खुल्ला सडक दौड हुनेसङ्घ कास्कीका अध्यक्ष विष्णु पुनले जानकारी दिए। फुटबल प्रतियोगितामा युवासँग सम्बन्धित कमिटीका देशभरिबाट करिब ३० टोलीको सहभागिता रहने भएको छ।
प्रतियोगितामा विजेताले ५० हजार, उपविजेताले ३० हजार र तेस्रो भएको टीमले १० हजार पुरस्कार प्राप्त गर्नेछन्। कास्की जिल्लास्तरीय भलिबल प्रतियोगितामा विजेताले पनि ५० हजार र उपविजेताले ३० हजार र तेश्रो हुनेले १० हजार साथमा ट्रफी मेडल प्रमाणपत्र प्राप्त गर्ने भएका छन्। १० किलोमिटर दौडको विजेताले भने ११ हजार, उपविजेताले सात हजार र तेस्रो हुनेले पाँच हजार प्राप्त गर्नेछन्।

Comment