रसिला र जेशिका उपाधिका लागि भिड्ने

नेपाली सेनाकी रसिला महर्जन र एपिएफकी जेशिका गुरुङ चितवनमा जारी योनेक्स सनराईज प्रथम प्रधानमन्त्री कप राष्ट्रव्यापी खुल्ला ब्याडमिन्टन प्रतियोगिताको महिला एकलको फाइनल प्रवेश गरेका छन् । राष्ट्रिय च्याम्पियन रसिलाले सेनाकै अमिता गिरीलाई २१-१३, २१-१७ ले तथा जेशिकाले सेनाकी अनु माया राईलाई २१-१७, २१-१५ ले पराजित गर्दै उपाधि निकट पुगेका हुन् ।
प्रिन्स र दीपेश भिड्ने
एपिएफका प्रिन्स दाहाल र एपिएफकै दीपेश धामी पुनः एक पटक उपाधिका लागि भिड्ने भएका छन् ।
चितवनमा जारी प्रतियोगितामा एपिएफका प्रिन्स दाहालले पूर्व नम्बर एक खेलाडी भोजपुरका विकास श्रेष्ठलाई २१-१२, २१-१४ ले पराजित गरे भने राष्ट्रिय च्याम्पियन दीपेशले सेनाका नवीन श्रेष्ठ माथि २१-१९, २१-१७ को जित निकाले ।
यस अघि दुईको भिडन्त १० औँ पुष्पलाल स्मृति राष्ट्रिय ¥याङ्किङ्ग ब्याडमिन्टन प्रतियोगितामा भएको थियो । जसमा प्रिन्सले विजय हात पार्दै उपाधि जितेका थिए ।
रसिला र प्रार्थना उपाधि नजिक
सेनाकी रसिला महर्जन र कैलालीकी प्रार्थना देउवा योनेक्स सनराईज प्रथम प्रधानमन्त्री कप ब्याडमिन्टन प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । छात्रा यु १७ तर्फको खेलमा राष्ट्रिय च्याम्पियन रसिलाले पाल्पाकी दिया मास्केलाई २१-२, २१-१५ को सहज जित निकाल्दै उपाधिका लागि कैलालीकी प्रार्थना देउवाको सामना गर्ने भएकी छिन् । प्रार्थनाले मोरङकी रोज पाण्डेलाई २१-१२ को समान अन्तरले पराजित गर्दै फाइनलमा रसिला सँगको भेट पक्का गरेकी हुन् ।
छात्र यु १७ तर्फ सेनाका आयुष्मान नागरी र सुर्खेतका नरेन्द्र बमको जोडी फाइनल पुगे । नागरीले सेनाकै भोजबहादुर गुरुङबाट रिटायर्ड हर्टका आधारमा जित पाए । पहिलो सेट २१-१५ ले गुमाएका भोज दोस्रो सेटमा ११-७ को अवस्थामा खुट्टामा चोट बोकेका कारण प्रतियोगितालाई विचमानै त्यागे पश्चात नागरीको जित निश्चित भएको थियो । नरेन्द्रले सेनाका हिमाल चन्द माथि २३-२१, १२-२१, २१-११ को कठिन जित निकाले ।
राष्ट्रिय २० वरीयता भित्रका खेलाडीहरूको बिच भएको पुरुष युगल तर्फ सेनाका नवीन श्रेष्ठ र रत्न जित तामाङको जोडी फाइनल प्रवेश ग¥यो । सेनाको जोडीले साइनोका राम बानिया र सुजन थापाको जोडीलाई २१-५, २१-११ ले पराजित ग¥यो । अर्को खेलमा एपिएफका दीपेश धामी र गौतम कठायतको जोडी फाइनल प्रवेश ग¥यो । एपिएफका जोडीले सेनाका प्रफुल्ल महर्जन र रुकेश महर्जनको जोडीलाई २१-१४, १९-२१, २१-१३ ले पराजित गर्दै उपाधिका लागि नवीन र रत्नको जोडी सँग प्रतिस्पर्धा गर्ने भएको छ ।
पुरुष ४५ वर्ष माथिको प्रतिस्पर्धामा पिस एफसीका पूर्णहरि होना र सञ्जय कपालीको जोडीले जित निकाल्दै फाइनल यात्रा तय गरे । होना र कपालीको जोडीले पाल्पाका वसन्त बज्राचार्य र महेश मान बज्राचार्यको जोडीलाई २१-१७, १७-२१, २१-१६ पराजित गरे । यस्तै अर्को खेलमा कैलालीका वीरेन्द्र सिंह विष्ट र बाँकेका अनिल लाखेको जोडीले जित हात पारे । विष्ट र लाखेको जोडीले जेष्ट ब्याडमिन्टन एकेडेमीका श्याम पराजुली र नवीन बाबु श्रेष्ठको जोडीलाई २३-२१, ७-२१, २१-११ ले पराजित गर्दै फाइनल प्रवेश गरे ।
सुरोज र पविनको जोडी प्रधानमन्त्री कपको फाइनलमा
सेनाका सुरोज महर्जन र पविन लिनथेपको जोडी चितवनमा जारी योनेक्स सनराईज प्रथम प्रधानमन्त्री कप राष्ट्रव्यापी खुल्ला ब्याडमिन्टन प्रतियोगिताको पुरुष युगलको फाइनल प्रवेश गरेका छन् । शनिवार बिहान भएको सेमिफाइनल खेलमा महर्जन र लिनथेपको जोडीले साइनोका अभिषेक बोसको जोडी माथि २१।१७, २१।१५ को सोझो सेटको जित निकाल्दै फाइनलमा बुटवल ब्याडमिन्टन क्लबका विश्वास नेपाल र गणेश रायमाझीको जोडी सँगको भेट पक्का गरेका छन् ।
राष्ट्रिय २० वरीयता बाहेकका खेलाडीहरूका बिच भएको प्रतिस्पर्धाको अर्को खेलमा नेपाल र रायमाझीको जोडीले कास्कीका भूगोल गुरुङ र विशाल खड्काको जोडीलाई १५।२१, २१।१९, २१।१८ को प्रतिस्पर्धात्मक खेलमा पराजित गर्दै उपाधि निकट पुगेका हुन् ।
चितवन जिल्ला ब्याडमिन्टन सङ्घ र हरिलाल धर्मदेवी स्मृति प्रतिष्ठानको संयुक्त आयोजनामा भएको प्रतियोगिताको ५५ वर्ष माथिको प्रतिस्पर्धामा चितवनका बुद्धि चौधरी र चितवन जिल्ला ब्याडमिन्टन सङ्घका पूर्व अध्यक्ष पुष्प श्रेष्ठको जोडीले जित निकाल्दै उपाधि निकट पुगे । चौधरी र श्रेष्ठको जोडीले चितवनकै कालीदास पाण्डे र राजु थापाको जोडी माथि २१।८, २१।११ को जित निकाले । अव उक्त जोडीले फाइनलमा उपाधिका लागि बागलुङका राजेन्द्र शाक्य र धादिङका विष्णुलाल श्रेष्ठको जोडी सँग प्रतिस्पर्धा गर्नेछ । शाक्य र श्रेष्ठको जोडीले चितवनका राजु कुमाल र उपेन्द्र सिंह पन्तको जोडीलाई २१।१०, २१।७ ले पराजित गरे ।
Comment