ट्राईयाथलन सङ्घका अध्यक्ष श्रेष्ठ ओलम्पिक कमिसनमा नियुक्त

नेपाल ट्राईयाथलन सङ्घका अध्यक्ष एवं नेपाल ओलम्पिक कमिटीका महासचिव  निलेन्द्र राज श्रेष्ठ विश्व ट्राईथलनको ओलम्पिक कमिसनको सदस्यमा नियुक्त भएका छन् ।
अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीसँग समन्वय र सहकार्य गर्ने कार्यका लागि विश्व ट्राईयाथलनले स्थापना गरेको कमिसनमा श्रेष्ठलाई चार बर्से कार्यकालका लागि विश्व ट्राईयाथलनले चयन गरेको हो । कमिसनको अन्य सदस्यमा स्विडेन ओलम्पिक कमिटीका उपाध्यक्ष रिया डामग्रेन निलसन र कोष्टारिका ओलम्पिक कमिटीका सदस्य क्रिष्टिना गोन्जालेज पनि चयन भएको सङ्घका महासचिव युवराज सुनुवारले जानकारी गराएका छन् ।
Comment