उद्घाटन खेलमा बराबरी 

नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब बिचको राष्ट्रिय महिला लिग फुटबलको उद्घाटन खेल गोल रहित बराबरीमा सकिएको छ । प्रतियोगिताको बिहीबार विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले उद्घाटन गरे ।
खेलमा दुवै पक्षबाट गोलका केही राम्रा अवसर गुमेका थिए । पुलिसका प्रशिक्षक सञ्जीव जोशीले आफ्नो टोलीले दुई महिना यता मात्र तयारी गरेको बत्ताउँदै बराबरीमा पनि सन्तुष्ट रहेको प्रतिक्रिया दिए । आर्मीका प्रशिक्षक राजु तामाङले फरवार्डहरूले थुप्रै राम्रा अवसर गुमाएको प्रतिक्रिया दिए । खेलमा पुलिसकी पूजा राना उत्कृष्ट खेलाडी घोषित भइन्  । बिहीबार एपीएफ र चन्द्रपुर नगरपालिका तथा वालिङ नगरपालिका र विराटनगर महानगरपालिका बिच खेल हुने छ ।
Comment